कोकिला भण्डारी

दमक । सिप नै गहना हो भन्ने नाराका साथ ढाका कपडाबाट विभिन्न वस्तु विकास गर्ने सम्बन्धी स्वरोजगार मुलक १५ दिने तालिम शुक्रबार सम्पन्न भएको छ । 

सम्पन्न तालिम समाज सुधार प्रतिष्ठान दमक २ को हलमा चैत्र १० गतेबाट सञ्चालन गरिएको थियो । 

 आमा हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्र काठमाडौंका अध्यक्ष तारा थापाको अध्यक्षता, दमक नगरपालिका वडा नम्वर २ का अध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यता एवं समाज सुधार प्रतिष्ठानका अध्यक्ष विजय प्रसाद बरालको विशिष्ट आतिथ्यतामा सम्पन्न तालिम समापन कार्यक्रममा वडा सदस्य, समाज सुधार प्रतिष्ठानलाई जग्गादान गर्नुहुने जग्गादाता, समाज सुधार प्रतिष्ठानका पदाधिकारिहरू, प्रशिक्षार्थी, गजकाली मन्दिरका सेवा समितिका अध्यक्ष काँसिनाथ दाहाल, समाजसेविलगायतको सहभागिता गरेको थियो । 170717662_748060996100571_8487786006118720268_n170541456_1839718062872830_6814310090006919868_n

आमा हस्तकला उद्योग तथा प्रशिक्षण केन्द्रका अध्यक्ष तारा थापा, प्रशिक्षक शर्मिला नर्कमिले सहजिकरण गर्नु भएको उक्त तालिममा ढाँका कपडाको लेडिज ब्याग, चप्पल, जुत्ता, किरिङ्ग लगायतका हस्तकलाका सामान बनाउने सिप सिकाईएको समाज सुधार प्रतिष्ठान दमक २ का अध्यक्ष विजय प्रसाद बरालले जानकारी दिनुभयो । 

सिप सिकेर व्यावसाय सञ्चालन गर्न चाहेमा आवश्यक प्रबिधि, मेसिन  उपलब्ध गराउन वडा, नगरपालिका लगायतका सरोकारवाला निकायहरूसँग पहल गर्ने अध्यक्ष बरालले बताउनु भयो ।

अध्यक्ष बराल कै पहलमा उक्त तालिम सञ्चालन गरिएको  कार्यक्रमका संयोजक सीर्जना थापाले जानकारी दिनुभयो ।समापनमा बोल्नु हुदै 

सिप सिकेर उध्योग सञ्चालन गरेमा उत्पादित सामानको मुल्यांकन समिति निर्माण गरि वडा र नगरपालिकाले खरिद बिक्रि गर्ने वडा अध्यक्ष सापकोटाले प्रतिबद्धता जनाउनु भएको छ ।

चैत्र १० गतेबाट सञ्चालन गरिएको उक्त तालिम शुक्रबार सम्पन्न भएको सह आयोजक संस्थाका अध्यक्ष थापाले जानकारी लिनुभयो ।

उध्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवर्दन केन्द्रको आयोजना एवं आमा हस्तकला उध्योग तथा प्रशिक्षण केन्द्रको सहआयोजनामा सञ्चालन गरिएको उक्त तालिममा ५० जना वडाका महिलाहरू लाइ प्रमाण पत्र वितरण गरिएको थियो ।