कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई दोस्रो लहरको कोरोना भाइरस महामारी आएकाेले थप फैलन सक्ने भन्दै सावधानी अपनाउनका लागि विद्यालयल बन्द गर्न सिफारिस गरिएकाे हाे ।

अहिले विद्यालय बन्द गर्न र पठनपाठन अनलाइनबाट नै गराउन सिफारिस गरिएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । साथै सिसिएमसीलाई भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको बताइएकाे छ ।

मन्त्रालयकाे सिफारिस कार्यान्वयन भएमा लामाे समय बन्द रहेर सञ्चालनमा रहेका विद्यालयहरु पुनः बन्द हुने भएका छन् ।