इटहरी । बुङ्वाखा मासिक पत्रिकाको १६औं वार्षिकोत्सवको अवसर पारेर बान्तावा भाषाको बैज्ञानिक अध्ययन शिर्षकमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गरेका डा.इशवरकुमार राई लगायतलाई पुरस्कृत गरियो ।

 किराँत राई बान्तावा खिम इटहरी नगर समितिका अध्यक्ष राजेश राईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी प्रदेस नम्बर १का मुख्यमन्त्री शेरधन राईले विद्यावारिधी पिएचडी गर्ने ईश्वरकुमार राई ५५हजार २सय ९१ रुपैया ताम्रपत्रले पुरस्कार गरिएको हो ।IMG_9153IMG_9155

  त्यसै गरी मुख्यमन्त्री राईले नगद सहित युके सायाचोङमा पुरस्कारबाट मित्रप्रसाद राई , पञ्चकुमारी संगित पुरस्कार २०७७बाट विशाल राई रनमाया चन्चेकवा पुरस्कार २०७७बाट माया राईलाई पुरस्कृत गरियो ।

   सोही कार्यक्रममा भुईदल राईको स्मृति ग्रन्थको पनि विमोचन गरिएका पत्रीकाका सम्पादक पदम राईले जानकारी दिए । 

   अक्षयकोषका लागि सहयोग गर्ने दाताहरुलाई समेत कदर पत्रले सम्मान गरिएको थियो ।