मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ७ गोठगाऊ स्थित पुर्व पश्चिम लोकमार्गमा  दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ७३२३ नम्बरको ट्रकले सोहि दिशबाट जाँदै गरेको प्र १-०२-०४३ प ३७९५ नम्बरको मोटसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। मंगलबार दिनको अन्दाजी १२:४५ बजेको समयमा भएको दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला मोरङ सुन्दरहरैंचा नगरपालिका वडा नं १२ विराटचोक बस्ने ३५ वर्षीय महेन्द्र थापाको विराटनगर स्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने दुबै सवारी साधन र ट्रक चालक प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको प्रहरी चौकी गछियाले जनाएको छ।