कोकिला भण्डारी

धनक्टा । पेशागत अधिकारकालागि नेपाल पत्रकार महासंघ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ धनकुटाको अध्यक्षमा नगेन्द्र राई सर्वसम्वत निर्विरोध निर्वाचित हुनु भएको छ । 

राईलाई १० औ महाधिवेशनले अध्यक्षमा सर्वसम्वत चयन गरेको नेपाल पत्रकार महासंघ धनकुटाले जनाएको छ ।

 यसैगरी बरिष्ठ उपाध्यक्ष विदुर खवास, सचिवमा हरि बहादुर लम्जेल, समावेसी सचिवमा पूर्ण चौधरी, महिला उपाध्यक्षमा देवकला कार्की, कोषाध्यक्षमा रविन कट्टेल, खुल्ला सहसचिवमा ईश्वर थापा लगायत सदस्यहरू सर्वसम्मत निर्विरोध निर्वाचित हुनु भएको हो ।