कोकिला भण्डारी

धनकुटा । धनकुटा लेडी जेसीजले घोषणा गरेको जेसीज गाउँमा पहिलो कार्यक्रम अन्तरगत घरमा आवश्यक सामाग्री वितरण गरेको छ । उक्त स्थानका २१ परिवारलाई आवश्यक सामाग्री वितरण गरिएको लेडिज जेसिज धनकुटाले जानकारी दिएको छ । वितरण गरिएका सामाग्रिहरूमा  प्रत्येक परिवारलाई दुईवटा भाडा, एउटा तावा, ५ वटा चम्चा, दुईवटा डाडु, पन्यु, ५ वटा कप, ५ वटा आरी, ५ वटा प्लेट, १ वटा बाल्टीन र एउटा मग रहेका छन् ।

 वितरण गरिएका आवश्यक सामाग्रिहरू सुर्य बहादुर थापा फाउन्डेसनका अध्यक्ष एवं पुर्व मन्त्री माननीय सुनिल बहादुर थापाले उपलब्ध गराउनु भएको लेडि जेसिज धनकुटाका संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ थापाले जानकारी दिनुभयो । 

संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठको संयोजकत्वमा सम्पन्न सामाग्री वितरण कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ६ का अध्यक्ष नरेश श्रेष्ठ प्रमुख आतिथि रहनु भएको थियो ।

वडा सदस्य मिलन खड्गी,  जेसीज गाउँ टोल बिकास समितिको अध्यक्ष काजी मान राई, प्रथम पुरुष जेसीज श्रेष्ठ साथै वहाँ का ममतामयी माता गंगा श्रेष्ठ, धनकुटा लेडी जेसीजका पदाधिकारी, सदस्यलगायतको  उपस्थिति रहेको थियो।