कोकिला भण्डारी

दमक । मकैको खोसेलाबाट हस्तकलाका सामान उत्पादन सम्बन्धि १० दिने शिपमुलक तालिम दमक नगरपालिका वडा नम्वर ७ स्थित दमक उद्योग बाणिज्य संघको हलमा सञ्चालन भईरहेको छ ।

उक्त तालिमको २२ गते दमक उध्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले एक कार्यक्रमका साथ उद्घाटन गर्नु भएको हो ।  नेपाल सरकार उध्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ब्यापार तथा निकासि प्रवर्दन केन्द्र काठमाण्डौं एवं दमक उद्योग वाणिज्य संघ दमक झापाको आयोजनामा चैत्र २२ गतेबाट शुरू गरिएको उक्त तालिममा दमक नगरपालिका भित्रका ५५ जना  प्रशिक्षार्थीहरूको सहभागिता रहेको छ । उक्त तालिम चैत्र ३१ गतेसम्म सञ्चालन गरिने दमक उद्योग बाणिज्य संघ दमकका कार्यालय प्रमुख निरज विष्टले जानकारी दिनुभयो । 170483665_1343737536004319_5392583914086686206_n

 उक्त तालिममा स्थानिय स्तरमा उपलब्ध मकैको खोसेलाबाट पुतलि, फुल बनाउने सिप सिकाएको प्रशिक्षक लक्ष्मी नर्कमिले जानकारी दिनुभयो । दमक उध्योग वाणिज्य संघ दमकका अध्यक्षको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा प्रशिक्षक लक्ष्मी नकर्मि, शर्मिला नकर्मि, तारा थापा लगायतले शहजिकरण गर्नु भईरहेको छ । 

 स्थानीयस्तरमा उपलब्ध मकैको खोसेलाबाट आवश्यक र आर्कषक सजिसजावटका सामान बनाउने सिप सिकाएर उत्पादित सामान अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउदै स्थानीयलाई स्वरोजगाार बनाउने उदेश्यले तालिम सञ्चालन गरिएको दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनुभयो ।