ओखलढुंगामा बोलेर जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका ४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जागर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको छ । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका १० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाईते भएको र उनलाई थप उपचारका लागी काठमाण्डौ स्थित ट्रमा सेन्टरमा लगीएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए । 

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो ।  जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ । डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाईते तथा मृतको उद्धार गरेको प्रहरीले जनाएको छ ।