मोरगं । व्यवसायीक सिपका माध्यमबाट युवाहरुलाई रोजगारीमा जोड्ने उद्धेश्यले मोरगंको बेलबारीमा ६५ दिने मोवाइल फोन मर्मत तालिम सुरु भएको छ ।

    हेल्भेटास नेपालको प्राविधिक र कृषि विकासका लागि अन्तराष्ट्रिय कोष आइफाडको आर्थिक सहयोग ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय ग्रामिण उद्यम तथा विश्लेषण आयोजना समृद्धिले तालिमको आयोजना गरेको हो ।snapshot_040

  मोरगंको बेलबारी नगर पालिका क्षेत्रका १८वर्ष देखि ४० वर्ष उमेर सम्मका ६ महिला र १४ जना पुरुषकाहरुको सहभागिता रहेको छ ।  शैद्धान्तिक २० प्रतिसत र ८० प्रतिसत प्रयोगात्मक अभ्यास गराइने तालिममा रामप्रसाद पन्थी मुख्य प्रशिक्षण तथा रमिला रम्तेल सहायक प्रशिक्षकले सहजिकरण गरिरहेका छन । तालिम आगामी २०७८साल जेष्ठ २८ गते सम्म सञ्चालन हुनेछ ।