इटहरी । मत्स्य पालनका विषयमा केन्द्रीत भएर कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहरामा दस दिने आवासिय कृषक मत्स्यपालन तालिम सुरु भएको छ ।

कृषकहरुलाई मत्स्य पालनबाट आत्मनिर्भर वनाउन सहयोग पुगोस भनेर उदमशिला , रोजगारी मुलक सशक्तिरण सिप विकासमा जोड दिदै कृषकको क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको हो ।a

 तालिममा कृषि अनुसन्धान निर्देशनालय प्रदेस नम्बर १ तरहराका निर्देशक डा.मेघराज तिवारीले कृषि अनुसन्धान निर्देशनालयका विषयमा जानकारी गराएका थिए । तालिममा माछाका जात, पोखरी , रोग, रोग विरुद्धका औषधी  लगायतका विषयमा माछा पालक कृषकहरुलाई तालिम दिइदै छ । तालिममा माछाका विभिन्न पक्षका विषयमा विज्ञहरुले सहजिकरण गर्दै आएको कृषि निर्देशनालय प्रदेस नम्बर १का सुचना अधिकृत सन्तोषराज तिपाठीले जानकारी दिए ।