इटहरी । हेल्भटास नेपाल र पिरामिड टेक्निकलको सहयोगमा सुनसरीको इटहरीमा रहेको स्वपनिल ब्युटिपार्लर र शुभश्री ब्युटिपार्लरले प्रदेस एक भरिका करिब ४० जना महिलाहरुलाई असिस्टेन्ट ब्युटिपार्लर सम्बन्धि तालीम दिन शुरु गरेका छन् । 

सरकारले सौन्दर्य सम्बन्धि काम गर्दै आएका ब्युटिसियनहरुको क्षमता अभिबृद्धि गर्ने लक्ष्य सहित करिब ६५ दिने तालीम दिएको हो । स्पनिल ब्युटिपार्लरले  २० जना र शुभश्री ब्युटिपार्लरले २० जना लाई प्रशिक्षण दिने छ ।

प्रदेश एकका बिभिन्न स्थानबाट छनौट भएकाहरुलाई ताली दिने कार्यक्रमका सहजकर्ता तथा स्वपनिल ब्युटिपार्लरका सञ्चालक बिजुबैनि श्रेष्ठले जानकारी दिईन । 

बेलाबेला सरकारले क्षमता अभिबृद्धिको लागी काम गर्दै आएकोमा यस पटक पनि सौन्र्दयक्षेत्रमा काम गर्नेलाई क्षमता अभिबृद्धि गर्ने लक्ष्य सहित यो कायक्रम अयोजना भएको शुभश्री ब्युटिपार्लरको सञ्चालक साबित्रा नेपाले जानकारी दिईन ।