कोकिला भण्डारी 

धनकुटा  । वडाका बैदेशिक रोजगारबाट फर्किएका ब्याक्तिहरुकालागि पुनः एकिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम धनकुटामा सम्पन्न भएको छ ।

धनकुटा नगरपालिका नगरकार्यपालिकाको कार्यालय धनकुटाको आयोजना र गा्रमीण उद्यम विप्रेषण आयोजना (समृद्धि) ईटहरी सुनसरीको आर्थिक सहयोगमा धनकुटामा अन्र्तक्रिया सम्पन्न गरिएको हो । 

विदेशबाट फर्केर बाख्रा, कुखुरा, गाई, भैसि, बंगुरपालन, तरकारी उत्पादन लगायतको फर्म दर्ता गरि ब्यावसाय सञ्चालन गर्दा रोग, महामारीकाका कारण ब्यावसाय घाटामा गएकाले पुःन विदेशिनु परेको सहभागिहरुले गुनासो गरेका छन् ।

स्थानीय तहले बाख्रापालनकालागि प्राविधिक सहितको आवश्यक तालिम, पिपिआर भ्याक्सिन, तरकारीको उचित बजार मुल्य निर्धारण गरिदिएर सिपमुलक तालिम दिएमा स्वदेश मै बसेर ब्यावसाय सञ्चालन गर्ने सोच रहेको सहभागिहरुले बताएका छन् ।   

अन्र्तक्रियामा विदेश जानु अघि सबैकुरा बुझेर जानु पर्ने, जानु अघि गरिएको सम्झौता सुरक्षित राख्नु पर्ने, मेडिकल फेल भएर फर्कनु पर्ने भएकाले समयमै सहि मेडिकल गराउनु पर्ने, बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई नगरपालिकाले विभिन्न व्यावसाय सञ्चालनकालागि आर्थिक सहयोग गर्ने लगायतका विषयमा छलफल सहित शहजिकरण गरिएको थियो । 

धनकुटा नगरपालिका वडा नम्वर ८ का अध्यक्ष सुमन राईको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियामा धनकुटा नगरपालिका आर्थिक शाखा प्रमुख विकास अधिकारी, धनकुटा नगरपालिकाका लेखा अधिकृत नर बहादुर भुजेल, आप्रवासन धनकुटाका कार्यक्रम संयोजक मन्जु राई लगायतले शहजिकरण गर्नु भएको थियो ।  

अन्र्तक्रिया कार्यक्रममा धनकुटा नगरपालिका वडा नम्वर ७ र ८ का बैदेशिक रोजगारबाट फर्किएका, जाने तयारी गरिरहेका, व्याक्तिहरुको सहभागिता रहेको थियो ।