कोकिला भण्डारी

धनकुटा । धनकुटाको शहिदभूमी गाउँपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा वडा नं ७ को १२२ घरधुरी संख्याका ४ हजार ७ सय २ वटा पशुहरुको जाँच तथा महामारी जन्य रोग विरुद्धको औषधि वितरण गरिएको छ ।

शिविरमा १७ सय ६५ बाख्रा, ३ सय २९ गाईगोरु, २४ सय ५९ कुखुरा,४८ भैसीलाई आन्तरिक र वाह्य परजीवि विरुद्धको औषधि, भिटामिन र महामारी विरुद्धको एन्टिवाईटिक वितरण गरिएको गाउँपालिकाका पशु सेवा प्रमुख नगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

गाउँपालिकाका वडा नं ७ का वडाध्यक्ष वम वहादुर राईको अध्यक्षतामा सम्पन्न शिविरमा १२ वटा कुकरलाई रेविज रोग विरुद्धको खोप समेत लगाईएको जनाइएको छ ।

उक्त सिविरमा वडा सदस्य गोविन्द पौडेल, पशु प्राविधिकहरु हरि कुमार राई, लोकमान राई, वासुदेव वास्कोटा, गाउँपालिकाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिती थियो ।