गत वर्ष काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी सामाजिक विषयकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यले कक्षा ६ का २५ र ७ का नौ जना विद्यार्थीलाई आन्तरिक परीक्षामा कम नम्बर ल्याएको भन्दै पाखुरा र नाडीमा पेन्सिल तिखार्ने ब्लेडले चिर्न लगाइन्। 

२० पूर्णाङ्कको परीक्षामा १५ भन्दा थोरै नम्बर ल्याउने ३४ विद्यार्थीलाई उनले जति नम्बर नपुगेको हो, त्यति नै पटक ब्लेडले नाडीमा चिर्न लगाएकी थिइन् । घरपछि सिकाइको दोस्रो पवित्र थलो मानिने विद्यालय नै यातना थलो बन्दै गएको यी प्रतिनिधिमँलक घटना हुन्। 


तर शिक्षकहरूले भने यस्तो घटनामा कमै गल्ती महसुस गरेको पाइन्छ । पढाइमा लापरबाही गरपछि बानी सुधार्न सामान्य दण्ड दिइएको उनीहरू बताउँछन्। दाङको घटनामा संलग्न शिक्षक विकले विद्यार्थीले लापरबाही गरेकाले  सामान्य दण्ड दिएर सुधार्न खोजेको कान्तिपुरसँग बताएका थिए । ‘मैले गल्ती महसुस गरेको  छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ तर विद्यार्थीको बानी सुधार्ने, अनुशासन र शिष्टता सिकाउने नाममा गरिने निर्घात कुटपिट र यातनाले विद्यालयमा त्रास सिर्जना हुने त छँदै छ, बाल मनोविज्ञानमा पनि असर परिरहेको मनोविद्हरूको तर्क छ । 



यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।