इटहरी । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सुनसरीको इटहरीमा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेका छन ।
जिल्ला सहकारी संघ नगर समन्वय समिति इटहरीले आयोजना गरेको रक्तदान कार्यक्रममा २२ जना महिला पुरुषले रक्तदान गरेका हुन ।
इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यता तथा सहकारी समन्वय समिति इटहरीका अध्यक्ष भोलाकाजी बस्नेतको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र विराटनगरले प्राविधिक सहयोग गरेको थियो ।
वातावरीय प्रदुसणका कारण मानव स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असर हुने तर्फ मध्यनजर गर्दै धेरै जनाले रक्तदान कार्यक्रम रक्तदान गर्न नआएको नगर समन्वय समिति सचिव जितेन्द्र बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा जिल्ला सहकारी समन्वय समिति सुनसरीका अध्यक्ष दामोदर कोइराला लगायतको अतिथीहरुको सहभागिता रहेको थियो ।




















