पथरी ।

६४ औँ राष्ट्रिय सहकारी दिवस मोरङको पथरीशनिश्चरेमा मनाइने भएको छ । सो अवसरमा नेपालमा पहिलो पटक सहकारी सस्थाको स्थापना गर्ने बखानसिंह गुरुङको शालिक अनावरण गरिने भएको छ ।

गुरुङको अर्धकदको प्रतिमा नेपालमै पहिलो पटक निर्माण गरि उनको सम्मान स्वरुप पथरीको मनकामना सामुदायिक वन क्षेत्र भित्र स्थापना गरि अनावरण गर्न लागिएको हो ।

स्व. गुरुङले वि.सं २०१३ सालमा नेपालमै पहिलोपटक चितवनमा सहकारी संस्थाको स्थापना गरेका थिए । 

यस अघि मोरङ जिल्लाभरका सहकारीकर्मिहरुले ६३ औँ सहकारी दिवस पनि पथरीशनिश्चरेमै मनाउने योजना बनाएपनि कोरोना महामारीका कारण उक्त कार्यक्रम रोकीएको थियो । 

सोही कार्यक्रमको निरन्तरतालाई पुणर्ता दिन यस वर्ष कार्यक्रम पथरीमा आयोजना गर्न लागिएको विहिवार आयोजित पत्रकार भेटघाट कार्याक्रमम जानकारी दिइएको हो ।

यस पटक पनि कोरोनाको कारण देखाउँदै सरकारले भिँडभाड भएर ठुला कार्यक्रम नगर्न आग्रह गरेपछि केही कार्यक्रमलाई स्थगन गर्दै दिवस सामान्य तरिकाले मनाइने आयोजकले बताएको छ । 

२० गते विहान ११ बजे मनकामना सामुदायीक बनमा स्व. गुरुङको शालिक अनावरणपछि हरियाली सामुदायीक बनमा अन्य विविध कार्यक्रमहरु हुनेछन् ।

 कार्यक्रममा प्रदेश नं १ का प्रदेश प्रमुख माननिय सोमनाथ अधिकारीको प्रमुख आतिथ्यता रहनेछ भने संघिय संस्कृती, पर्यटन तथा नागरिक उड्यानमन्त्री भानुभक्त ढकाल, प्रदेश नं १ का भूमि, ब्यवस्था कृषि तथा सहकारीमन्त्री रामबहादुर मगर लगायतको उपस्थिति रहने मूल समारोह समितिका संयोजक डिल्ली पोखरेलले जानकारी दिए । नेपालमा हाल करिव ३० हजार सहकारी संस्थाहरु रहेका छन् । नेपालमा प्रत्येक चैत्र २० गते देशभर यो दिवश मनाइदै आइएको छ ।