कुमार खड्का, पथरी ।

बुधवार जिल्ला फुटवल सघ मोरङमा बसेको पदाधिकारीहरुको भेलाले पथरी शनिश्चरे १० बाट प्रतिनिधित्व गर्दै खेलमा सहभागी भएका ६ खेलाडी सहित टिम कोच र आयोजकलाई कार्वाही गरेको हो ।

मोरङ जिल्ला फुटवल सघका अध्यक्ष दिपेन्द्र धिमालको संयोजत्वमा बसेको पदाधिकारीहरुको भेलाले उनिहरुलाई निणर्य भएकै मितिबाट लागु हुने गरि कार्वाही गरेको हो ।

कार्वाहीमा पर्ने हरुमा राज तामाङ, सनम मुडियारी, सोनम कार्की, पुस्कर राई, सनम तामाङ, आकाश धिमाल र टिम कोच साजन खाम्बा रहेका छन् ।

उनिहरु मध्ये राज तामाङ, मुडियारी, कार्की र राईलाई २४ महिना सनम तामाङ आकाश तामाङ लाई १२ महिना र टिम कोचलाई १८ महिनाको प्रतिवन्ध लगाइएको छ ।

यता आयोजकलाई भने सो दिनको खेलमा सुरक्षा प्रदान गर्न नसकेको भन्दै ११ हजार रुपैया क्षतिपुर्ती भराइने निणर्य गरिएको छ ।

यो कार्वाही सगै उनिहरुको खेल जिवनमा नमिठो धक्का लागेको छ । भने आगामी वर्ष पथरीमा हुने प्रिमियर लिगमा पनि उनिहरुले सहभागि हुन नपाउने भएका छन् । 

गत सोमवार मोरङको पथरीशनिश्चरे स्थित वडा नम्वर १० भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगरस्तरीय फुटवल प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल खेलमा एन्फा मान्यता प्राप्त ३ रेफ्रिमाथी उनिहरुले अनुसाशनको परिधी नाग्दै उत्तेजकशैलीमा रेफ्रीहरुमाथी जाइलागेका थिए ।

खेलाडीहरु उत्तेजक भएर रेफ्रीमाथी खनिदा उनिहरुसगै मैदान प्रवेश गरेका  दर्शकले रेफ्रीमाथी मुक्का प्रहार गरि घाईते बनाएका थिए ।

निर्धारित समयमा वडा नम्वर १० ले झापाको बेलाडागी शरणार्थी शिविर सग २-१ गोल अन्तरले पराजय खेपेपछि केही खेलाडी गेम पक्षपाती रुपमा खेलाएर हराएको भन्दै रेफ्रिहरुमा माथी जाईलागेका थिए ।

त्यसपछि जाइलागेका खेलाडीहरु सगै मैदान प्रवेश गरेका दर्शकले रेफ्रिमाथी मुक्का प्रहार गरि घाईते बनाएको भिडियो विभिन्न सामाजिक संजालमा पोष्ट भएको थियो ।

खेल मैदानमै रेफ्रिहरु माथि उत्तेजित समुहले हातपात गर्दा पनि सो स्थानमा भने आयोजकको उपस्थिती भने शुन्य झै देखिएको थियो । न त्यहा आयोजकले स्वायमसेवकका रुपमा खटाएका कोही स्वयमसेविहरु देखिन्थे न त प्रहरी नै ।

जसका कारण खेलमा सुरक्षा प्रदान गराउन नसकेको भन्दै जिल्ला फुटवल सघले आयोजक लाई पनि दण्डित गरेको छ ।

उत्तेजित समुहले पालै-पालो सो खेलका मुख्य रेफ्री मनिस खड्का, साहायक रेफ्री द्वय अमित लामा र जमुना मगरलाई एक पछि अर्को मुक्का प्रहार गर्दै घाइते बनाएको थियो ।

मुक्का प्रहारबाट सहायक रेफ्री जमुना मगरको कानको पछाडीको भागमा चोट लागेको छ भने अन्य २ रेफ्री मुक्का प्रहार पश्चात स्टेज तर्फ लागेका थिए । तर त्यहाँ उनिहरुलाई उद्धार गर्न आयोजकका पदाधिकारीहरुको भने उपस्थिती थिएन ।

यसरी ३ जना रेफ्रीहरुमाथि उत्तेजक समुहबाट मैदानमै मुक्का प्रहार हुदा समेत उनिहरुको तत्काल उद्धार गरि अराजक गतिवधिमा संलग्नहरुलाई कार्वाहिको दायरामा ल्याउन आयोजकले कुनै गतिविधि नगरिनुले फुटवल प्रतियोगितामा आयोजक कमिटी कमजोर हुदा रेफ्रीहरु कति असुरक्षित हुन्छन भन्ने कुरालाई देखाएको थियो ।

सोमवार घटेको घटनालाई लिएर मंगलवार बाट भने आवश्यक कानुनी कार्वाहि थालिएको हो हातपातमा उत्रन दर्शकहरुमाथी पनि पिडीत पक्षले मंगलबार इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गराएको छ । भने एक जना पक्राउ परिसेको प्रहरीले जनाएको छ ।