कुमार खड्का, पथरी

विश्वमै लोकप्रिय रहेको फुटवल खेलको आयोजना र व्यावस्थापनमा आयोजकीय कमजोरी हुदा फुटवल खेलाउन मैदान ओर्लेका रेफ्रीहरु असुरक्षित हुने गरेका छन् ।

यति मात्रै हैन कहिले काही अनुशासनहिन खेलाडी र उत्तेजित दर्शकको आक्रमणको शिकार पनि हुने गरेका छन् । जसको पछिल्लो उदाहरण हो पथरी शनिश्चरेमा जारी प्रथम नगर स्तरीय मैत्रिपूणर् फुटवल टुर्नामेन्ट ।

सोमवार मोरङको पथरीशनिश्चरे स्थित वडा नम्वर १० भुटानी शरणार्थी शिविरमा जारी प्रथम नगरस्तरीय फुटवल प्रतियोगिताको अन्तिम प्रि क्वाटरफाइनल खेलमा एन्फा मान्यता प्राप्त ३ रेफ्रिहरु अनुसाशनहिन खेलाडी र उत्तेजक दर्शकको मुक्काको शिकार हुन पुगेका छन् ।

निर्धारित समयमा वडा नम्वर १० ले झापाको बेलाडागी शरणार्थी शिविर सग २-१ गोल अन्तरले पराजय खेपेपछि केही खेलाडी गेम पक्षपाती रुपमा खेलाएर हराएको भन्दै रेफ्रिहरुमा माथी जाईलागेका हुन ।

त्यसपछि जाइलागेका खेलाडीहरु सगै मैदान प्रवेश गरेका दर्शकले रेफ्रिमाथी मुक्का प्रहार गरि घाईते बनाएको भिडियो विभिन्न सामाजिक संजालमा पोष्ट भएको छ ।

खेल मैदानमै रेफ्रिहरु माथि उत्तेजित समुहले हातपात गर्दा पनि सो स्थानमा भने आयोजकको उपस्थिती भने शुन्य झै देखिएको छ । न त्यहा आयोजकले स्वायमसेवकका रुपमा खटाएका कोही स्वयमसेविहरु देखिन्थे न त प्रहरी नै ।

उत्तेजित समुहले पालै-पालो सो खेलका मुख्य रेफ्री मनिस खड्का, साहायक रेफ्री द्वय अमित लामा र जमुना मगरलाई एक पछि अर्को मुक्का प्रहार गर्दै घाइते बनाएको थियो ।

मुक्का प्रहारबाट सहायक रेफ्री जमुना मगरको कानको पछाडीको भागमा चोट लागेको छ भने अन्य २ रेफ्री मुक्का प्रहार पश्चात स्टेज तर्फ लागेका थिए । तर त्यहाँ उनिहरुलाई उद्धार गर्न आयोजकका पदाधिकारीहरुको भने उपस्थिती थिएन ।

यसरी ३ जना रेफ्रीहरुमाथि उत्तेजक समुहबाट मैदानमै मुक्का प्रहार हुदा समेत उनिहरुको तत्काल उद्धार गरि अराजक गतिवधिमा संलग्नहरुलाई कार्वाहिको दायरामा ल्याउन आयोजकले कुनै गतिविधि नगरिनुले फुटवल प्रतियोगितामा आयोजक कमिटी कमजोर हुदा रेफ्रीहरु कति असुरक्षित हुन्छन भन्ने कुरालाई देखाएको छ ।

सोमवार घटेको घटनालाई लिएर मंगलवार बाट भने आवश्यक कानुनी कार्वाहिको बाटो रेफ्रीपक्षले खोजको छ । हातपातमा उत्रनेहरुमाथी पिडीत पक्षले मंगलबार इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दर्ता गराएको छ । 

भने अनुशासनहिन खेलाडीहरु र क्लवलाई कार्वाहिको माग गर्दै अखिल नेपाल फुटवल संघ र मोरङ जिल्ला फुटवल संघलाई पत्राचार गरेको छ ।

                                                                                      रेफ्री संघका अध्यक्ष के भन्छन् ?

खेलमा रेफ्री माथी हातपात तथा अभद्र व्यवहार गर्ने खेलाडीलाई मोरङ रेफ्री संघले २ वर्षसम्म नेपाल अधिराज्यभर खेल्न नपाउने गरी कार्वाहीको सिफारिस गरिने मोरङ रेफ्री संघका अध्यक्ष मदन काफ्लेले जानकारी दिए । मोरङ फुटबल संघ मार्फत सो घटनामा संलग्न ६ खेलाडीलाई कार्वाहीका लागि बुधबार सिफारिस गरिने बताए । साथै काफ्लेले रेफ्रीहरुलाई सुरक्षा प्रदान गर्न नसकेका कारण जारी खेल रेफ्री संघले बहिस्कार गरेको बताए ।

                                                                         मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दिपेन्द्र धिमाल

खेलमा रेफ्रीको गल्ती भएमा रेफ्रीका बिरुद्धमा उजुरी गर्ने प्रसस्तै निकायहरु हुदाहुदै पनि आक्रमणमा उत्रिनु उदयीमान खेलाडीहरुमा गम्भिर अनुशासन हिनता देखियो । 

मोरङ जिल्ला फुटबल संघले लाइसेन्स प्राप्त रेफ्री माथी भएको दुव्र्यवहारको विषयमा फुटबल खेलको नियम अनुसार उत्तेजित हुने खेलाडीलाई कार्वाहीका लागि एन्फामा सिफारिस गर्ने अध्यक्ष धिमालले बताए ।

                                                                                                    मुख्य रेफ्री मनिस खड्का

खेलमा जम्मा ३ वटा अफसाइड बलमा गोल भएको थियो, सो बललाई खेलाडीले गोल भएको मान्यता दिन माग गरेता पनि, गोलको मान्यता दिन योग्य थिएन । त्यसको केही समय पछाडी थप हेन्डबलको पनि अपिल गरिरहेका थिए तर उनिहरुले गरेको अपिल अनुसार हेन्डबलको मान्यता दिनुपर्ने अवस्था थिएन । पछि खेलको निर्धारित समय सकिएपछि सोही विषयलाई लिएर खेलाडी र सो टिमका समर्थकहरु आक्रोसित हुदै सामुहिक रुपमा हामी माथी आक्रमण गरे ।

                                                                                           २ जनाका बिरुद्धमा उजुरी

रेफ्री माथी हातपात गर्ने २ जनाका बिरुद्धमा इलाका प्रहरी कार्यालय पथरीमा उजुरी परेको छ । महिला माथी हातपात गरेको र अभद्र व्यवहार गरेको भन्दै पिडित जमुना मगरले उजुरी दिएको जानकारी दिइन् । 

उत्तेजित खेलाडीसंगै मैदान प्रवेश गरि रेफ्री मगर माथी मुक्का प्रहार गर्ने दर्शकलाई तत्काल पक्राउ गरि आवश्यक कानुनी कार्वाही गरिने प्रहरीले जनाएको छ ।

कानको पछाडी भागमा चोट बोकेकी मगरको पछाडीको भागमा २ टाँका लगाए र सिलाई गरेपछि मगरको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ । सोमबार भएको खेलमा बेलडाँगीले २-१ गोल अन्तरले वडा नं. १० लाई पराजित गरेको थियो । 

सोमबारको खेलसंगै सेमीफाइनल समिकरण पुरा भएको छ । अब सेमी फाइनलका २ वटा खेल र फाइनल खेल कहिले हुने भने अनिश्चित बनेको छ । चैत ७ गते देखी संचालित प्रतियोगिता भुटानी खेलकुद व्यावस्थापन समितिले गर्दै आएको थियो ।