नेपालले बाङ्लादेशलाई २–१ गोलले पराजित गर्दै थ्री नेशन्स कपको बिजेता बनि रहदा मोरङको पथरी शनिश्चरेमा भने महिला एन्फा रेफ्री जमुना मगर माथि हातपात भएको छ । नेपालले जितको खुसी मनाई रहदा मोरङमा भने भरखरै उदाउदै गरेका महिला एन्फा रेफ्रि माथी यस्तो ब्यवहारले खेल जगत नै दुखी बनाएको छ ।

मोरङको पथरीशनिश्चरे शरणार्थी सिविरमा जारी प्रथम नगर स्तरीय फुटबल प्रतियोगिता—२०७७ को मंगलबारको खेलमा महिला रेफ्रि जमुना मगर माथि हातपात भएको हो । मंगलबार होलिका दिन भएको खेलमा बेलडागी सिवर र पथरीशनिश्चरे वडा नं. १० बिच खेल भएको थियो । खेल सकिए लगतै पथरीशनिश्चरे वडा नं. १० का खेलाडीहरु संगै मैदान प्रबेश गरेका १० का समर्थकहरुले हातपात गरेका थिए ।

प्रतियोगितामा खेलाडी र समर्थकको त्यो ब्यवहारले महिला साहायक रेफ्रि जनुना मगरको कानमा चोट पुगेको छ । मगर माथि भएको दुरब्यावहार र हात पातले खेलाडी, कोच, फुटवल टिम र खेल प्रेमि समर्थकहरु अनुसासन र चेतनाको स्तर कति छ भन्ने प्रश्न उठेको छ । प्रतियोगितामा हार बेहोरेको वडा नं. १० ले खेल सकिए लगतै रेफ्रि मनिष खड्का माथि दुब्र्यवहार गेका थिए । खेलाडीको त्यो कदमबाट रेफ्रि र साहायक रेफ्रि प्रति आक्रोसीत बनेका १० का समर्थले अन्धाधुन्दा रेफ्रिहरु माथी हातपात गरेका थिए । पहिलो हाफमा १ गोल खाएको वडा नं. १० ले दोस्रो हाफमा एक गोल गर्दै १ गोल खाएको थियो । पुरै खेल खेले पनि पटक पटक लगाएको गोल मान्यता नदिएका कारण समय सकिए संगै झगडा भएको थियो ।

स्थानीय र शरणार्थीवीच मैत्री पूर्ण सम्बन्ध कायम रहोस भन्ने उदेश्यका चैत्र ७ देखि सुरु भएको मैत्रिपूर्ण फुटबल प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाको १० टिम र भुटानी शरणार्थी शिविर शनिश्चरे मोरङ र झापाको बेलडागी शिविरबाट दुई–दुई गरी जम्मा १४ टिम सहभागि रहेका छन ।
प्रतियोगिताको बिजेता टिमले ७५ हजार रुपैयाँ र दोस्रो हुने टिमले ५० हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन । प्रतियोगिता भुटानी शरणार्थी शिविर स्थित खेलकुद मैदानमा भुटानी शरणार्थी शिविर सी.वाई.सी.को आयोजना सुरु भएको थियो ।