इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीकि प्रमुख गीता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई समाजवादी विद्यार्थी युनियनले क्याम्पसमै थुनेको छ ।

विद्यार्थीको मासिक शुल्क बढेको विषयमा वार्ता गर्न आएका केन्द्रीय नेताहरू सहित क्याम्पस प्रमुखलाई थुनिएको हो । केही दिन देखि आन्दोलनमा रहेको इकाई समितिले आफूहरू सँग समन्वय नगरी केन्द्रीय नेताहरू वार्तामा गएको भन्दै विरोध जनाएका हुन् ।

वार्तामा बसेकै समयमा आक्रोशित कार्यकर्ताले ताला लगाएका हुन ।

सभाहलमा क्याम्पस प्रशासन बीच छलफल भईरहेका बेला जनता समाजबादी पार्टीमा आबद्ध अशोक राई, उपेन्द्र यादव समर्थक विद्यार्थीले सोही पार्टीका डाक्टर बाबुराम भट्टराई समर्थक समाजबादी विद्यार्थी युनियनका उपमहासचिव दिनेश दंगाल, विद्यार्थी नेताहरु भोगेन्द्र यादव, महानन्द यादब, कमल पोखरेल, सुनसरी जिल्ला अध्यक्ष मिथिलेश यादव लगायत क्याम्पस प्रमुख गिता अधिकारी र सहायक क्याम्पस प्रमुख टोलनाथ काफ्लेलाई ताला लगाएको समाजबादी विद्यार्थी युनियनका विद्यार्थी नेता चन्द्र किराँतीले जानकारी दिए ।