न्त्रालयले कोरोना सङ्क्रमण फैलिने जोखिम रहेको भन्दै फागु पूर्णिमा अर्थात् होली पर्व मनाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ । बुधवार नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह-प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सङ्क्रमणको अवस्था बढेमा लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै होली मनाउँदा भेला नभइ घरपरिवारमा सीमित गर्न आग्रह गर्नुभयो।

यस्तै भीडभाड हुने गरी कुनै किसिमको मेला, जात्रा, सांस्कृतिक कार्यलगायतको काम अर्को सूचना नभएसम्म नगर्न, नगराउन पनि प्रशासन कार्यालयले अनुरोध गरेका छन् ।

यसैबीच पछिल्लो चौबीस घण्टामा १४५ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार ३८९ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, ९० जना सङ्क्रमित निको भएका छन् । अहिलेसम्म दुई लाख ७२ हजार १८७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार अहिले एक हजार १८२ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले अहिले ६३ जना क्वरेण्टीनमा रहेको जनाएको छ ।

अहिलेसम्म तीन हजार २० जनाको कोरोनाबाट ज्यान गएको छ ।