सुनसरीको रामधुनी नगरपालिका ६ मा एक युवतिको शव फेला परेको छ । सुनसरी मोरङ सिचाई परियोजनाको मुल नहरमा उक्त युवतिको शव फेला परेको हो । अन्दाजि ३२ वर्षकी देखिने उक्त युवति कालो रङको ट्रायाक , कालो सेतो बुट्टे भेस्ट लगाएको र हाल उनको शव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राखिएको इलाका प्रहरी कार्यालय पकलिले जानकारी दिएको छ ।