धनकुटा । नेपाल रेडक्रस सोसाइटी खुवाफोक उपशाखाको आयोजना तथा खुवाफोक स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको साँगुरीगढी गाउँपालिकाका उपाध्यक्ष विन्द्रा राईले जानकारी दिनुभयो । उक्त सिविरमा साँगुरीगढी गाउँपालिका वडा नं। ३ धनकुटा, को बेसिटोलका  ४० बर्ष भन्दा माथी उमेरका ८०जना  को सामान्य स्वास्थ्य परिक्षण गरिएको थियो । सोहि अवसर पारेर  उहाँहरूको उच्च रक्तचाप जाँच समेत गरिएको नेपाल रेडक्रस शोसाईटी खुवाफोक उपशाखाका सभापति मैनराज राईले  जानकारी दिनुभयो ।