इटहरीका निजी कलेज आजदेखि संचालनमा आउने भएका छन् । लकडाउनको पनि शुल्क लिएको विरोधमा विद्यार्थीहरुले कलेज नै तोडफोड गर्ने स्थिति सृजना भएपछि इटहरीका कलेज बन्द भएका थिए ।

शनिबार इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा कलेजले पत्रकार सम्मेलन गरी शिक्षक र कर्मचारीमा मनोवैज्ञानिक त्रास बढेको भन्दै अनिश्चितकालका लागि विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । तर, सोमबार साँझ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) सुनसरीले एक विज्ञप्ती जारी गर्दै मंगलबारबाट कलेज सूचारु हुने जानकारी गराएको छ । पठनपाठन सूचारु गर्न साथै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासन र सुरक्षा निकायलाई अपिल समेत गरिएको विज्ञप्तीमा उल्लेख छ ।