धनकुटा  । संखुवासभा जिल्लाको किमाथांका केन्द्रविन्दु भएर गएको भुकम्पको धक्काले चौविसे गाउँपालिकामा एकको मृत्यु भएको छ । 

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार संखुवासभा किमाथांका केन्द्रबिन्दु बनाई ७.७ रेक्टर स्केलको भुकम्प गएको जनाएको छ ।

शख्त घाईतेलाई काठमाण्डौंको ग्रान्डि अस्पतालमा उपचारकालागि लगिएको छ । 

भुकम्पबाट धनकुटा मुलघाट स्थित तमोर खोलाको पुलमा आशिंक क्षति पुगेको छ । ओख्रे स्थित भ्युटावर, पुर्णरुपमा प्रभावित भएका छन् । राजारानी देखि डाँडाबजार, मौनाबुधुक, ६ नम्वर बुधारे, हुदै रवि राँके सडक जोड्ने सडकको ठाउँठाउँमा सुख्खा पहिरो गई यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ । 

धनकुटा जिल्लाका अधिकांश घरहरु, सरकारी भवन, अस्पताल, विद्यालयहरु भत्किएका छन् भने कैयौ घाईते तथा हताहत भएको प्रारम्भिक जानकारी आएको छ । चौविसे गाउँपालिका वडा नम्वर ५ स्थित पाटी बजारमा प्रभावितहरुलई त्रिपाल टागेर राखिएको छ । 

मृतकको उक्त शव शसस्त्र प्रहरी वल, नेपाली सेना र नेपाल प्रहरी खोज तथा उद्धार टोलिले चियावगान छेउको घरले पुरिएको अवस्थामा फेला पारेको जनाएको छ ।FB_IMG_1616253358366

उक्त भुकम्पबाट गाउँपालिका वडा नम्वर ६ स्थित मजुवा टारका १४५ घरहरु पुर्ण क्षति भएका छन् भने ५०० घरहरुमा आशिंक क्षति पुगेको छ । 

उक्त घरका २७ जना शख्त घाईते भएका छन् भने ११५ जना सामान्य घाईते भएका छन् ।

प्रभावितलाई पहिले कै अवस्थामा फर्काउन करिव तीन महिना लाग्ने देखिन्छ । FB_IMG_1616253242116

यसैगरि आगलागिबाट चौविसे गाउँपालिका स्थित टुडिखेल नजिकैको गाउँका ५ घरहरु पुर्ण रुपमा ध्वस्त भएका छन् भने १० घरहरु आशिंक रुपमा क्षति पुगेको छ । आगलागिका घाईतेलाई तत्काल उपचारको आवश्यकता रहेको छ । उक्त आगलागिबाट बर्ष १५ का कुशिका चेम्जुङ्गको मृत्यु भएको छ । भने १५ जना घाईते भएका छन् । 

भुकम्प तथा आगलागि प्रभावित अधिकांश व्याक्तिहरु राजारानी स्थित रंगशालाको खुल्ला मैदानमा आश्रम लिईरहेका छन् भने केहि प्रभावित आफन्तकोमा शरण लिई रहेको जानकारी प्रारम्भिक दु्रत सर्वेक्षणले जानकारी दिएको छ । 

प्रभावित स्थानमा चोरी, डकैती, महिला हिंसाका घट्नाहरु घटेको जानकारी प्राप्त भएको छ । FB_IMG_1616253326501

जिल्ला विपद ब्यबस्थापन समिती धनकुटाको आयोजना तथा चौविसे गाउँपाकिलाको साझेदारी र नेपाल रेडक्रस सोसाइटी धनकुटा जिल्ला शाखा तयारी परियोजनाको प्राविधिक र मुख्य सहयोगमा चौविसे गाउँपालिकाको राजारानी स्थित मजुवा टोलमा आगलागी, भुकम्प र सडक दुर्घटनामा के कसरी उद्धार गर्न सकिन्छ भन्नेबारे गरिएको कृत्रिम घटना अभ्यास हो ।

उक्त अभ्यास धनकुटा जिल्लाको विपद् पुर्वतयारी तथा प्रतिकार्य योजना २०७७ अनुरुपको कृत्रिम घटना अभ्यास गरेको जिल्ला विपद् व्यावस्थापन समिति धनकुटाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिनुभयो ।

उक्त अभ्यासमा प्रदेश सभा सदस्य विना राई, गाउँपालिका अध्यक्ष खजिन्द्र राई, रेडक्रस सभापति हरि कुमार राई, प्रमुख सेनानी भगवान थापा मगर, प्रहरी उपरिक्षक गोविन्द अधिकारी, शसस्त्र प्रहरी नायव उपरिक्षक रामचन्द्र श्रेष्ठ, तयारी परियोजना प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।