के हाम्रै सौर्यमण्डलभित्रै पृथ्वीबाहिर पनि जीवन छ ।

केही दिन पहिला छिमेकी सौर्यमण्डल सेन्ताउरि बाट आएको रेडियो सन्देशको चर्चा सेलाउन नपाउँदै हाम्रै सौर्यमण्डलभित्रैबाट अर्को रेडियो सन्देश प्राप्त भएको छ ।

यस पटकको रेडियो सन्देश हाम्रो सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको पनि सबैभन्दा ठूलो उपग्रह ग्यानमिड
बाट आएको हो ।

नासाका वैज्ञानिकले दिएको जानकारीअनुसार यो रेडियो सन्देश नासाको अन्तरिक्ष यान जुनोले रिसिभ गरेको हो । नासाको यो अन्तरिक्ष यान सन् २०१६ देखि सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतिको परिक्रमा गर्दै आएको छ । नासाले दिएको जानकारीअनुसार जुनोले यो रेडियो सन्देश वृहस्पति ग्रहको सबैभन्दा ठूलो उपग्रह ग्यानिमेडको परिक्रमाको क्रममा लियको हो।

जुनोले यो रेडियो सन्देश ५ सेकेन्डसम्म रिसिभ गरेको थियो । यो सन्देश रिसिभ गर्दा जुनो यानले भन्डै १ लाख ८० हजार किमि प्रतिघण्टाका दरले वृहस्पतिको प्राकृतिक उपग्रह ग्यानमिडको परिक्रमा गरिरहेको थियो ।

हुन त वृहस्पति ग्रहबाट यसभन्दा अघि पनि थुप्रै पटक रेडियो सन्देश प्राप्त भएका छन् ।

बीसीफोकस डट्कमका अनुसार पृथ्वीका वैज्ञानिकले सबैभन्दा पहिला सन् १९५५ मा वृहस्पति ग्रहबाट आएको रेडियो सन्देश रिसिभ गरेका थिए । त्यसयता ६६ वर्षको अवधिमा थुप्रै पटक यस्ता रेडियो सन्देश प्राप्त भएका छन् । तर अहिले प्राप्त भएको रेडियो सन्देश भने पहिलाको भन्दा निकै बलियो र स्पष्ट छ ।

के ग्यानमिडमा हुन सक्छन् त यलिगन

बृहस्पति ग्रह हामिले बुझेको जस्तो जिबनको सम्भाबना हुदैन किनभने यो पृथ्बि जस्तो अनुल बाताबरण छैन । तर यहा कुरा छ उपग्रहको
अहिले रेडियो सन्देश प्राप्त भएको ग्यानमिड त हाम्रो चन्द्रमा भन्दा डेढ गुना ठूलो छ । यसको व्यास ५,२६२ कि मि छ । यो आकारमा बुध ग्रहभन्दा पनि ठूलो छ । बुध ग्रहको व्यास ४,८७९ किमि मात्रै छ । ग्यानमिड हाम्रो सौयमण्डलकै सबैभन्दा ठूलो उपग्रह हो । यसले वृहस्पति ग्रहको परिक्रमा ७१५ दिनमा पूरा गर्छ । यसलाई सौर्यमण्डलको ९ नम्बरको सबैभन्दा ठूलो पिण्ड हुने सौभाग्य प्राप्त हुनुका साथै आफ्नै म्याग्नेटिक फिल्ड हुने एक मात्र उपग्रहहुने गौरव पनि प्राप्त छ ।

बृहस्पति र ग्यानमिड

एलियनसम्बन्धी खोजमा लागेका वैज्ञानिकहरुका लागि ग्यानमिड आकर्षणको केन्द्र रहेको छ । ७ जनवरी १६१० मा महान् वैज्ञानिक ग्यालिलियोले पत्ता लाएको ग्यानमिडको खोज अनुसन्धान गर्न थुप्रै यान पठाएका छन् । १९७२ मा पठाइएको पहिलो यान पायनियर १० र त्यसपछि भोयजर १ र भोयजर २ र ग्यालिलियो यानले ग्यानमिडसँग म्याग्नेटिक फिल्ड हुनुका साथै सिलिकेटका चट्टान र पानीको उपलब्धता रहेको जानकारी उपब्ध गराएको छ । साथै यहाँको वातावरणमा थोरै मात्रामा अक्सिजन हुनका साथै ओजोन पनि रहेको छ । यसको र वृहस्पति ग्रहका बीच दूरी १० लाख ७० हजार ४०० किमि छ ।
एलियनबारे अनुसन्धान गरिरहेका वैज्ञानिकहरुका लागि ग्यानमिड जीवन धारण गर्न सक्ने खगोलपिण्डका रुपमा अति चासोको विषय रहेको छ । अहिले त्यहाँबाट रेडियो सन्देश प्राप्त हुनाले त्यो उत्सुकता झन् बढेको हो ।