जहाँ इच्छा त्यहाँ उपाय उखान धेरैको मुखैमा झुण्डेको हुन्छ । कोरोना महामारीपछि यसको व्यवहारिक रुप पनि देख्न पाइयो । लामो समयसम्म कक्षाहरु सञ्चालन नहुँदा कसरी विद्यार्थीहरुले आफ्नो पढाईलाई सम्भव बनाए । बढ्दो गरिबीले पनि इच्छा भएकाहरुलाई पढाई पुरा गर्न रोक्न सकेन् ।

कोरोना कालमा धेरै तस्विर एवं भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेका थिए । अहिले पनि त्यस्ता तस्विर एवं भिडियोहरु आउँने गरेका छन् । हालै पाकिस्तानी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले एक बालिकाको तस्विर खुबै सेयर गरिरहेका छन् ।

यो तस्विरमा मुख्य सदर रोड पेशावरमा एक बालिकाले मास्कसँगै साथमा किताब पनि लिएर सडक नजिक बसेकी छिन् । उनी मास्क बेच्दै आफ्ना अध्ययन पनि पुरा गर्दैछिन् । उनको खुबै तारिफ भइरहेको छ । तर यो तस्विरका कारण सरकारको भने खुलेर आलोचना भइरहेको छ ।

पेशावर उपविभाग पूर्व फ्रन्टियर क्षेत्र पेशावर पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको एउटा उपविभाग हो । यस क्षेत्रको नाम पेशावर जिल्लाको नाममा राखिएको छ जुन उत्तर र पश्चिममा अवस्थित छ । त्यसले पूर्वमा नौशेरा जिल्ला र दक्षिणमा कोहट उपविभागको सीमा पनि लगाएको छ ।

पाकिस्तानको विकट क्षेत्रहरुमा पनि यो राजय पर्दछ । त्यहाँका सामाजिक सञ्जाल प्रयोगकर्ता मुन्ताजिम शाहले यसको पुष्टि गरेका हुन् । उनले थप जानकारी दिदैं भनेका छन, ‘मैले उनीसँग अन्तर्वार्ता लिएँ, उनीहरु ४ दिदीबहिनी छन् ।

विधवा आमासँगै बस्छन् । अब उनी के गर्छिन रु उनी यो मास्क बेचिरहेकी छिन् । उनी घरका लागि केहि पैसा कमाउन सक्षम हुन्छिन् ।

त्यसकारण यो हाम्रो जिम्मेवारी हो, उनीहरुलाई पैसाको शख्त खाँचो छ । हामीले उनीहरूलाई पैसा दिनुपर्छ । हामीसंग सबै कुराको आलोचना गर्ने अधिकार छैन ।’ उनले यी परिवारहरूको हेरचाह गर्ने जिम्मेवारी सरकारको भएको पनि उल्लेख गरेका छन् ।