काठमाडौं महानगरपालिका वडा नं ७ चाबहिलमा संचालित सेन्ट लरेन्स कलेजले कक्षा ११मा भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गरेको छ। सोमबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।सेन्ट लरेन्स कलेज चाबहिल द्वारा कक्षा ११ का नयाँ बिद्यार्थीलाइ स्वागत

सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत समारोहको प्रमुख अतिथिको रुपमा नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल काठमाडौं महानगरपालिकाका शिक्षा स्रोत ब्यक्ति यमनाथ चौलागाई कलेजका कानुनी सल्लाहकार रत्न शर्मा , कलेजका म्यानेजिंग डायरेक्टर तारा प्रसाद सुबेदी लगायत कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता सेन्ट लरेन्स कलेजका अध्यक्ष केशब प्रसाद दंगालले गरेका थिए ।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रि कृष्ण गोपाल श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए।कार्यक्रममा कलेजका म्यानेजिंग डायरेक्टर तारा प्रसाद सुबेदीले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।त्यसै गरि सेन्ट लरेन्सको बिद्यार्थीहरुको तर्फ बाट कानुन संकायमा कक्षा १२मा अध्ययनरत बिद्यार्थी एलिना कार्की र शिक्षकहरुको तर्फ बाट अंग्रेजी विभागीय प्रमुख बबिता दवाडीले उपस्थित सबैलाइ स्वागत गर्दै सेन्ट लरेन्सको विशेषताको बारेमा जानकारी गराएकी थिइन ।

कार्यक्रममा सेन्ट लरेन्स कलेजमा विद्यार्थीहरु द्वारा गठन गरेको ८ वटा बिभिन्न क्लबका सदस्यहरुलाई सम्मान गरिएको थियो भने कलेजले संचालन गरेको अतिरिक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हरुलाई मेडल प्रमाणपत्र समेत वितरण गरिएको थियो। त्यसैगरि कार्यक्रममाकक्षा ११को बिभिन्न संकायमा कलेज टप गर्ने बिद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

जसमा कानुन संकाय एलिना कार्की बिज्ञान संकाय तर्फ बाट विजय ठाकुर व्यवस्थापन संकायका नबिन तामांग, मानविकी संकायकी सरु श्रेष्ठलाइ सम्मान गरिएको थियो त्यसै गरि कलेजले उत्कृष्ट शिक्षकको रुपमा रेखा खनाल, बर्ष शिक्षक र बिसेष सेवा शिक्षक बाट दुइ जना शिक्षकहरुलाई सम्मान गरिएको थियो ।त्यसैगरि देश भरि बाट ४ जीपी ए ल्याउने ४७ जना बिद्यार्थीहरु मध्ये ४ जना निरज सुवेदी,सुजन कोइराला,स्मृति कार्की लाक्पा डोमा शेर्पा सेन्ट लरेन्स का बिद्यार्थीहरु भएको जानकारी गराइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ र बिशेष अतिथि काठमाडौं महानगरपालिका वडा नं ७ का वडा अध्यक्ष शुद्द कुमार डंगोल लगायतले कलेजको प्रगतिको कामना गर्दै जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताए । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण देश विकासमा पछि परेको भन्दै प्राविधिक ज्ञान भएकाहरू कोही पनि बेरोजगार बन्न नपर्ने अवसर आफै आउने हुँदा व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु पर्नेमा जोड दिएका थिए ।


अध्यक्षताको आसन बाट बोल्दै सेन्ट लरेन्स कलेजका अध्यक्ष केशब प्रसाद दंगालले अब्बल जन शक्ति उत्पादन गर्न सेन्ट लरेन्स कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए। उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराएका थिए ।

उनले कोरोना कहरका बीच पनि दिन रात बिभिन्न माध्यम बाट शिक्षण सिकाइ क्रियाकलापमा संलग्न शिक्षक बिद्यार्थीहरुको प्रसंशा गर्दै विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न कलेजले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता सहित उपस्थित सबैलाई धन्यबाद ब्यक्त गरेका थिए । हरेक बर्ष हुने यस्तो कार्यक्रमले विद्यार्थी र शिक्षक विचमा समुधुर सम्बन्ध स्थापना हुनुको साथै नयाँ आउने विद्यार्थी र अन्य विद्यार्थी विच पनि राम्रो सम्वन्ध कायम हुने हुदा कलेजले यस्ता कार्यक्रमलाइ निरन्तरता दिदै आएको बताएका थिए । कार्यक्रमको दोस्रो सत्रमा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम मार्फत मनोरंजन प्रदान गरेका थिए।