बैदेशिक रोजगारीका लागी बाहिरी देश जाने नेपालीको अवस्था बारे सुनरीको इटहरीमा  सुरक्षित आप्रवासनका लागी राष्टिय संजालको आयोजनामा  अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय युवा युवतीहरुको बैदेशिक यात्रा र उनिहरुले सामना गर्नु गरेको कठिनाइ के कारणले उत्पन्न हुन्छ भन्ने बारे स्थानिय सरकारका जनप्रतिनिधि , प्रहरी प्रशासन, र बैदेशिक रोजगारी पश्चात स्वदेश फर्केका युवा युवतीहरुसंग अन्तरकृया गरिएको हो । नेपालबाट दैनिक हजारौँको संख्यामा विदेश गएका युवा युवतीहरु दिन प्रतिदिन असुरक्षित बन्दै गएको घटना समाजमा जताततै सुन्न र देख्न पाइन्छ । नेपालमा केहि गर्ने चाहाना हुदाँ हुदैपनि बाध्यता बस दैनिक ठुलो संख्यामा विदेश जानेहरुले अवको दिनमा के उदेश्यले बिदेश जाने र आफु कसरी सुरक्षित भएर जाने लगाएतका बिषयमा आप्रवासीसंघ संग छलफल भएको हो । नेपालबाट चोरी बाटो अर्थात गैर कानुनी रुपमा समेत बिदेश जाने प्रचलनले धेरै युवतीहरु बिदेशमा दुख भोग्न बाध्य बनेका छन् यतिमात्र हैन उनिहरु घरायसी काममा जादाँ शारिरीक वा मानसिक यातनाबाट समेत पिडित बनेको कुरा समभागीले बताएका थिए । बैदेशिक रोजगारीका निमित्त सरोकारबाला निकायले बिभिन्न कानुन तथा ऐनहरुको बिकास गरेका छन् तर बनाएका ऐन नियम कानुन दराजमा मात्र सिमीत भएको सहभागी देवराज थापाले बताएका छन् । नेपालमा बनेको कानुन राजनितीक गर्नका लागी मात्र सिमित भएको थापाले बताएका छन् । 

बैदेशिक रोजगारमा भएका हरुको समस्था धेरै रहेका छन जसका लागी सरकारी निकाय भनेको महत्बपुर्ण हुने हुदाँ सरकारी स्तरबाट केहि पहल गर्नुपने सुरक्षित आप्रवासन संघका अध्यक्ष असोक रानाले बताएका छन् । 

आप्रवासीका सम्बन्धमा बैदेशिक रोजगारीमा गएकाहरुको पहिचान कसरी गर्ने भन्ने सम्बन्धमा स्थानिय सरकार नै अन्यवल भएको जनप्रतिनिधि कुमारी न्युपानेले बताइन , जसरी नागरीकता बनाउदा वडाले अनुमती दिनुपर्छ त्यसरीनै पासवर्ड बनाउदा समेत स्थानिय निकायले अनुमति दिने कानुन निमार्ण गर्न माग समेत राखेकी छन् । 

अझैपनि रोजगारीकालागी बाहिरीएका युवा युवतीहरु बेचबिखानमा पर्ने गरेका छन् । बिदेशमा मात्र होइट स्वदेशमै समेत उनिहरुलाई बिभिन्न एजेन्सीहरुले ठग्ने गरकेका छन् उनिहरुको समस्थालाई सरोकार वाला निकायले उचित कानुन निमार्ण गरी समस्या समाधान गर्दिन आवश्यक रहेको छ ।