नागरिक समाज इटहरीले विगत केही दिनले देखि इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर प्रारम्भ गरेको आन्दोलनले उग्ररुप लिएको घटनाप्रति नागरिक समाज इटहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आज एक विज्ञप्ती जारी  गर्दै  इटहरीका निजी कलेजहरुले कोरोना संक्रमणकालिन अबस्था तथा लकडाउनको समयमा पठनपाठनसमेत नभएको अवधीको शुल्क पनि विद्यार्थीहरुबाट असुलउपर गर्न खोजेको भन्दै सो को विरुद्ध तमाम विद्यार्थी, अभिभावक तथा विभिन्न राजनैतिक दल निकट विद्यार्थी तथा युवा संगठनसमेतको सहभागितामा भइरहेको प्रदर्शन र आन्दोलनले निरन्तर अग्ररुप लिएको घटना प्रति नागरिक समाज गम्भीर बनेको विज्ञप्तीमा उल्लेख गरेको छ । 

साथै इटहरीमा सामुदायिक क्याम्पसको रुपमा रहेको जनता बहुमुखी क्याम्पसमा पनी शुल्कको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनरत भएको विषयप्रति पनि हामी अत्यन्तै गम्भिर भएको पनी विज्ञप्तीमा उल्लेख छ । 

इटहरीका निजी कलेजहरु विरुद्धको आन्दोलनले निरन्तर उग्ररुप लिइरहदा समस्या समाधान हुने तर्फ कुनै नतिजा प्राप्त गर्न नसक्नु दुखको कुरा भएको र  अर्को तर्फ जनता बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले सारेको मागको सम्बन्धमा पनि छलफल गरेर निकर्षमा पुग्न आवश्यक रहेको नागरिक समाज इटहरीका अध्यक्ष सन्तबहादुर डुम्जनले बताए । 

संवेदनशील विषयमा छलफल गर्न शनिबार बसेको नागरिक समाज इटहरीको कार्यसमितिको आकस्मिक बैठकले समाजका अध्यक्ष श्री सन्तबहादुर डुम्जनको अध्यक्षतामा रहेको कार्यसमितिको पदाधिकारीहरु संमिलित टोलीले समस्या समाधानका लागि सरोकारवाला पक्ष र निकाय समक्ष पहल गर्ने निर्णय गरेको थियो । 

यही क्रममा नागरिक समाजका पदाधिकारीहरुले आन्दोलनरत विद्यार्थी तथा विद्यार्थी संगठनका केही पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधि र निजी कलेज सञ्चालकहरु समक्ष भेटेर समस्या समाधानका लागि आआफ्नो ठाउँबाट संवेदनशील बन्न आवश्यक रहेको साथै विद्यार्थीहरुको मागको सम्बन्धमा समेत गम्भीर बन्नुपर्ने धारणा अगाडि सारिसकेको पनि जानकारी विज्ञप्तीमा गराइएको छ । 

 नागरिक समाजले यो समस्या समाधानका लागि आफ्नो पक्षबाट यो पहल गरिरहदा हाल इटहरीमा देखिएको यो गम्भीर परिस्थिति प्रति जिम्मेबार र संयमित भइ यथास्रिघ उचित निकासकालागि पहलगर्न तथा गराउन समग्र सरोकारवाला पक्षहरु इटहरी उपमहानगरपालिका, कलेज सञ्चालकहरु, विद्यार्थी, अभिभावक, विद्यार्थी संगठन तथा विभिन्न राजनैतिक दलका साथै आम नागरिकहरुलाइ नागरिक समाज हार्दिक अपिल गरेको छ । 



nagarik samaj