इलाम : इलाम नगरपालिकाले इलाम आँखा अस्पताल निर्माण गर्ने भएको छ । इलाम नगरपालिका–७ मा रहेको कृषि बजार तल सिहनगरमा आँखा अस्पताल निर्माण गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्त ठाकुर नारायण श्रेष्ठले बताए ।

चालु आर्थिक वर्षमा आँखा अस्पतालको भौतिक संरचना तयार गर्ने नगरपालिकाले जनाएको छ । भौतिक संरचना बनाउन चालु आर्थिक बर्षमा ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको छ । अस्पताल सञ्चालनको लागि नगरपालिका उपप्रमुखको संयोजकत्वमा समिति समेत गठन गरिएको छ । यस अघि त्यहाँ साइन्स पार्क बनाउने निर्णय भएको थियो । साइन्स पार्क बनाउनको लागि जग्गा अपुग हुने भएकाले त्यही ठाउँमा आँखा अस्पताल बनाउन लागिएको हो । साइन्स पार्क भने अहिले प्रयोग विहीन अवस्थामा रहेको कोल्ड स्टोर नजिक रहेको  जग्गामा बनाइने भएको छ । त्यस क्षेत्रमा नगरपालिकाको १७ रोपनी जग्गा छ । ‘साइन्स पार्कलाई अलि बढि जग्गा आवश्यक हुन्छ भन्ने विज्ञको सुझाव आयो, त्यही भएर कोल्ड स्टोर रहेको ठाउँमा बनाउने निर्णय भएको छ’, नगरपालिकाका प्रवक्त श्रेष्ठले भने । पार्कको नाम काले दमाई–जनकदेव साइन्स पार्क नामाकरण गरिएको छ ।IMG_1626

इलामको विकासको लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानमा पार्क बनाउन लागिएको हो । नगरपालिकाले उनीहरुको नामावली समेत तयार पारेको छ । प्रवक्ता श्रेष्ठको संयोजकत्वमा बनेको समितिले गरेको सिफारीसका आधारमा पार्कको शिलालेखमा राखिने व्यक्तिहरुको नामावली टुङ्गो लगाएको हो । त्यसमा चित्रकला, मुर्तिकला, सहित्य, संगीत, खेलकुद, पत्रकारितामा योगदान गरेका व्यक्तिहरुको नाम श्रष्ठा पार्कमा राखिने छ । श्रष्ठा पार्क बनाउनको लागि चालु वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले जोर धारामा सहिद पार्क बनाउने भएको छ भने सिहबाहिनीमा श्रष्ठा पार्क बनाउने भएको छ । इलामको विकासको लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने व्यक्तिको सम्मानमा पार्क बनाउन लागिएको हो । नगरपालिकाले उनीहरुको नामावली समेत तयार पारेको छ । प्रवक्ता श्रेष्ठको संयोजकत्वमा बनेको समितिले गरेको सिफारीसका आधारमा पार्कको शिलालेखमा राखिने व्यक्तिहरुको नामावली टुङ्गो लगाएको हो । त्यसमा चित्रकला, मुर्तिकला, सहित्य, संगीत, खेलकुद, पत्रकारितामा योगदान गरेका व्यक्तिहरुको नाम श्रष्ठा पार्कमा राखिने छ । श्रष्ठा पार्क बनाउनको लागि चालु वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

इलाम नगरपालिकाले भीमसेन थान वरपरको जग्गाको अधिग्रहण गर्ने भएको छ । मन्दिरको संरक्षणको लागि भन्दै नगरपालिकाले जग्गा अधिग्रहण गर्ने भएको हो । जग्गा अधिग्रहणको लागि नगरपालिकाले मन्त्रीपरिषदमा प्रस्ताव पेश गरेको थियो । मन्त्रीपरिषद बैंठकले जग्गा अधिग्रहणको लागि स्वीकृति प्रदान गरेको नगर प्रमुख महेश बस्नेतले बताए । अब प्रमुख जिल्ला अधिकारीले जग्गाको मुआब्जा निर्धारण गरेपछि जग्गा अधिग्रहणको काम थाल्ने प्रमुख बस्नेतले बताए । नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७ (साबिक इनपा १ )को कित्ता नम्बर ९५, ९६, ९८ र १२४ को जम्मा १७१.३१ वर्गमिटर जग्गा अधिग्रहण गरिने भएको छ । जग्गाको मुआब्जा भने इलाम नगरपालिकाले व्यहोर्ने छ ।

कार्यपालिका बैठकले बालबालिका सम्बन्धी एनेको आधारमा इलाम नगरपालिका बालबालिका सम्बन्धि कार्यविधि २०७७ स्वीकृत गरेको छ । बैठकले इलामको चोक बजारमा निर्माण भएको सिटी मार्ट र नगरपालिकाको प्रशासकीय भवन प्रधानमन्त्रीबाट उद्घाटन गराउने निर्णय गरेको छ । सिटीमार्ट सार्वजनिक निजी साझेदारीमा बनेको संरचना हो । याे मुलुककै नमूना माेडलबाट निर्माण भएकाले प्रधानमन्त्रीबाट मार्टकाे उद्घाटन गर्न लागिएकाे प्रमुख बस्नेतले बताए ।