इलाम : नेपाल पत्रकार महासंघको निर्वाचन २०७७ साल चैत २५ गते हुने भएको छ ।

महासंघको इतिहासमा पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचन प्रक्रियामार्फत २५ गते निर्वाचन गर्न लागिएको हो ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले चैत २५ गते निर्वाचन हुने जानकारी दिए । चैत ७ गते निर्वाचन सम्वन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरिने छ ।