इटहरी ।व्यापारिक हबको रूपमाविकास भइरहेको सहर, इटहरी । यसको मुख्यबजार क्षेत्रमै पर्छ वडा नम्बर ६ । सहरको बिचोबिच रहेको वडामा सडक सञ्जाल,शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सबै सुविधाउपलब्ध छ । अन्य वडालाई यीपूर्वाधार पु¥याउन हैरानी छ । तर, यो बनीबनाऊ वडा यहाँ गर्नुपर्नेखासै केही छैन ।  सबैलाई यस्तै लाग्न सक्छ । तर वडा नम्बर ६का अध्यक्षदिवस पोख्रेल भन्छन्, ‘यहाँ त गर्नुपर्ने धेरै काम रहेछ ।’

बाहिरबाट हेर्नु र कुर्सीमा बसेर काम गर्नुमा धेरै अन्तर रहेछ पोख्रेलले भने,‘ गर्नै नचाहनेलाई त यहाँ सबै पुगेकै छ तर केही गर्छु भन्नेलाई कामै काम छ । कामपो कतिगर्न सकिने हो ?’

वडा अध्यक्षपोख्रेल प्रायबजार क्षेत्रमै भेटिन्छन् । राती अबेर सम्मपनिकाममै खटिएका हुन्छन् । बिहानै मर्निङवाकमापनिकहाँ के भयो भन्दै हिँडिरहेका भेटिन्छन् । 

वडा अध्यक्ष भएपछि उनकालागिचुनौतीथियो मुख्यबजारलाई डुबानबाट कसरी बचाउने । त्यो चुनौतीअहिले पनि छ । डुबान रोक्न रोकिएका ब्लकेज खोल्ने कामपोख्रेलले सुरु गरे । बषौँ देखीपुरिएका ड्रेन उनले सफा गरे । 

निर्वाचित भएपछि सुरु भएको ड्रेन सफाइअभियानअहिले पनि जारी छ । भर्खरै मात्र सङ्गीत चोक जाने बाटोमा लामो समय देखीअतिक्रमित रेडक्रस भवनभत्काएर बेलाहा पैनी सफा गरिएको छ । पैनीमाथि बनेका घरहरू पनिभत्काएर सफा गर्ने कामनिरन्तर चल्ने अध्यक्षपोख्रेल बताउँछन् । 

ट्राफिक लाइट र पार्किङ 

बढ्दो ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा कोसी प्रदेशमै पहिलो पटक इटहरीमा ट्राफिक लाइट जडान भयो । वडा अध्यक्षपोख्रेलकै अगुवाइमा ट्राफिक लाइट जडान भएको हो । 

मुख्य चोकमा सडक नै ढाकेर सवारी साधनको पार्किङले सहर कुरूप र थप साँघुरो बने पछि पार्किङलाई रिजालटाँसिमा स्थानान्तरण गरिएको छ । अहिले मुख्यचोक सफा देखिन थालेको छ । 

itahari chouk


डिजिटल इटहरीको सुरुवात

इटहरीमै पहिलो पटक वडा नम्बर ६ले डिजिटल नम्बर प्लेट वडावासीलाई वितरण गरेको छ । व्यवसायीकहबभएकाले यो आवश्यकपनिहो । गुगलको प्लस कोड अनुसार डिजिटल नम्बर प्लेट वितरण गरिएका कारण सहजै घर तथा ठाउँ पहिचान गर्न सजिलो भएको छ । यसलाई विस्तार गर्दै डिजिटल सेवाथपविकास र विस्तार गर्ने वडा नम्बर ६ले बनाएको छ । 

भौतिकपक्षमामात्रै नभएर सामाजिक क्षेत्रमापनिकाम गरेको वडा अध्यक्षपोख्रेल बताउँछन् । ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घर घरमै पु¥याउने व्यवस्थामिलाएको उनले बताए । बैङ्कसँगको समन्वयमा बैङ्कले नै अशक्तअपाङ्गताभएका ज्येष्ठ नागरिकहरूलाई घरमै भत्तावितरण हुने गरेको छ । cctv 5

ज्येष्ठ नागरिकहरूकालागि वडा कार्यालय नजिकै भवनपनिबनाइदिएको अध्यक्षपोख्रेलले बताए । उपमहानगर र वडाको संयुक्तलगानीमाभवननिर्माण गरिदिएको उनले जानकारी दिए । 

अबको ध्यान सहरको सौन्दर्यकरणमा हुने अध्यक्षपोख्रेल बताउँछन् । यसको सुरुवातउनले खेतीखोलाको किनारबाट गरेका छन् । नमुनाको रूपमा १सय मिटर क्षेत्रफलमा खेतिखोलाकिनारमा रेलिङ लगाइएको छ,सडक बत्ती जडान गरिएको छ, । उपभोक्ता समितिमार्फत यो कामभएको हो । 

आगामीवर्ष इटहरीको मुख्यबजार भएर बग्ने टेँग्राखोला कोरिडोरलाई सौन्दर्यीकरण गरिने उनले योजनाबनाएका छन् । 

मुख्यहाइवे क्षेत्रमाभने सौन्दर्यीकरणको काम गर्न समस्याभएको उनले बताए । सडक विस्तारको कामले समस्याभएको उनको भनाई छ । 


दिवस पोख्रेल वडा अध्यक्षमानिर्वाचितभएको २ वर्ष पुरा भएको छ । उनै वडा अध्यक्षदिवस पोख्रेलसँगउनले गरेका कामको विषयमा गरिएको कुराकानी ः 

इटहरी वडा नम्बर ६ कस्तो वडा हो ?

इटहरी उपमहानगरपालिकाको मुख्यबजार क्षेत्रमा पर्छ,वडा नम्बर ६ । व्यस्त सहरको बिचमा रहेकोले मानिसहरूको आउने जाने क्रमहुँदाअलि बढी भिडभाड हुने गर्छ । दैनिक १ लाखमानिसहरूको आवतजावत हुन्छ । व्यवसायीक र आर्थिक कारोबारको केन्द्र पनिहो । व्यापार व्यवसाय, बैङ्क वित्तीय संस्थातथाअन्यविभिन्न सामाजिक सङ्घसंस्थाका र सरकारी कार्यालय प्रदेश कार्यलयहरु पनि रहेका छन् । 

१ हजार ८ सय ४० घरधुरी सङ्ख्या छ भने यस वडामा ४ हजार ७ सय १५ मतदाता छन् । सबै जातजाति, धर्म सम्प्रदायकामानिसहरू मिलेर बसेका छन् ।  

इटहरीको व्यस्तबजार भिडभाड धेरै हुन्छ ?यसलाई व्यवस्थापन गर्न वडा के के गर्नुभयो?

मैले अघि पनिभने यो वडा व्यस्तबजार क्षेत्रमा पर्छ । सवारी साधनको बढी भिडभाड, मानिसहरूको बढी आवतजावतहुने भएकाले दिनभर जसो नै व्यस्त हुन्छ । वडा कार्यालयले ट्राफिक व्यवस्थापनकालागि समन्वयकारी कामगर्दै कोसी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गर्ने कामभयो । 

प्रदेश सरकारले दिएको साढे २६ लाख पैसाको लागतमामुख्य चौकमा ट्राफिक लाइट जडान गरिएको छ । यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको छ । सडक ढाकेर पार्किङ गर्दा सहर अस्तव्यस्त भएपछि मुख्य चौकको पार्किङलाई रिजालटाँसी अगाडी स्थानान्तरण गरेका छौँ । यसले पार्किङको समस्या केहीकमभएको छ । पार्किङको समस्या समाधानकालागिमुख्य चौक देखी ३ सय मिटर वरपर पार्किङ निषेधितको नीतिअवलम्बन गरिएको छ । यसले मुख्य चौकमाहुने अव्यवस्थितपार्किङको समस्या समाधानभएको छ । 

अर्को,बाटो नै साँघुरो हुने गरी केही घरहरूले सडकको क्षेत्राधिकार नै मिचेर भौतिक संरचनाबनाएकाथिए । विराटनगर लाइनका घरबेटीसँग समन्वय गरी उहाँहरूकै सहयोगमाअतिक्रमित घर भत्काएर बाटो क्लियर गर्ने काम गरेका छौँ । भित्री सडकहरूमा पनिव्यवसायी साथीहरूले सामानहरू सडकमै राखेर व्यापार व्यवसाय गर्ने गरेको अवस्थाथियो । व्यवसायीहरूसँग छलफल गरी सडक र फुटपाथ क्लियर गर्ने काम गरेका छौँ । 

वर्षाको समयमा इटहरी सधैँ डुबान हुन्छ, विशेष गरी मुख्य चौक क्षेत्र र नगरपालिका गेट अगाडी डुबान हुन्छ ? डुबान नियन्त्रणका लागि के कस्ता कामभयो ?

प्राय पुरानाअव्यवस्थितहिसाबले बनेका घर तथाभौतिक संरचनाले गर्दा पानीको बहावमा समस्याहुँदाबजार डुब्ने समस्या छ । त्यसकालागिहामीले ड्रेन पैनी सरसफाइको कामलाई तीव्रतादिएका छौँ । बषौँ देखी सफा नगरिएका ड्रेनहरू हामी आएपछि सफाभए ।  जसले ड्रेन एरियामा ब्लकेज गरेर घर बनाएका छन्, पैनीमाथि बनेका घरहरू छन् । त्यसलाई भत्काएर सफा गर्ने कामनिरन्तर गरिरहेका छौँ । भर्खरै मात्रपनि इटहरीको मुख्य चोकबाट सङ्गीत चोक जाने बाटोमा अतिक्रमित रेडक्रस भवनभत्काएर पैनी सफा गर्ने कामभएको छ । त्यस्तै आर्मी क्याम्प अगाडीबाट आएको पानीलाई व्यवस्थित गर्न ड्रेनेजको काम जारी छ । प्रदेश सरकारले दिएको ७२ लाखको लागतमा २ सय मिटर लम्बाइको बेलाहापैनीलाई ड्रेन लगाएर स्लाबबनाउने काम जारी छ । यो बनेपछि पानीलाई हाइवेको मुख्य ड्रेनमा लगेर मिसाए पछि डुबानको समस्या घट्नेछ । 

यस्तै अन्य साना ठुला पैनीका ब्लकेज खोल्ने काम गरेका छौँ । वि.पी चोकमापनि ठुलो कलर्भ निर्माण गरिएको छ । उपमहानगरको गेटमै ठुलो पानीपर्दा जम्माहुने समस्याथियो । हामीले त्यहाँ कटिङ गरेर भित्रपाइप मिच्छाएर पानीनिकास हुने बनाइएका छौँ । पानीपर्दा जम्मा हुन्छ तर धेरै समय जम्माहुँदैन बगेर जान्छ । यो सिस्टम अनुसार २ ठाउँमा काम गरेका छौँ । अन्य २ ठाउँमा कामगर्न बाँकी छ । 

अन्य वडा भन्दा फरक कामचाहिँ के भयो ?

वडा नम्बर ६ व्यवसायीकहबभएको हुनाले कतिले सामान ढुवानी गर्नुपर्ने हुन्छ । व्यवसायीहरूले सामान डेलिभरी दिनुपर्ने हुन्छ । लोकेसन थाहानहुन सक्छ । यस्कालागिहामीले प्लस कोड सहितको डिजिटल नम्बर प्लेट वितरण गरेका छौँ । केहीबाँकी छ त्यो पनिवितरण गर्ने तयारीमा छौँ । डिजिटल नम्बर प्लेटमा गुगलप्लस कोड हुन्छ ।जसकाआधारमा अनलाइनबाट सजिलै घर पत्तालगाउन सकिन्छ । 

बजारमा सिसिक्यामरा र रात्रि लाइट लगाउने काम सुरु भएको थियो त्यसमा कति काम भयो ?

यसमा धेरै कामभएको छ । लगभग अब ६ नम्बर वडालाई सिसिक्यामराबाट कैद गर्न सफलभएका छौँ । इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्यबजार, व्यस्तबजार र सार्वजनिक स्थलमासिसिक्यामरा जडान भएको छ । 

६ नम्बर वडाका भित्री सडकहरूमा पनिसिसिक्यामरा जडान भएका छन् ।सबै ठाउँमा गरी ९६ वटा क्यामरा जडान भएका छन् । सिसिक्यामरा अपराध नियन्त्रणमा पनिकामआउनथालेको छ । सि सी टिभी फुटेज हेरेर धेरै आपराधिकगतिविधिमा संलग्नव्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफलभएको छ । बजारमा कुनै घटना भएको अवस्थामासिसिक्यामराको फुटेज हेरेर तुरुन्तै छानबिन गर्ने र संलग्नमानिसलाई पक्राउ गर्न सफलभएको छ । 

सडकका पोलमा पुरानाचिमहरू बिग्रिएको, रातीनबल्ने समस्याथियो । पुरानाबत्तीहरूलाई परिवर्तन गरी सेन्सर लाइट लगाएका छा्रँै । ठाउँ ठाउँमा टावर बत्तीपनि जडान गरिएको छ ।उज्यालो वडा नीतिलिएर काम गरिरहेका छौँ ।  तपाईँहरूले मुख्यबजार क्षेत्रमा रातीको समयमा हिँड्दा यो अनुभव गर्न सक्नुहुन्छ ।   

इटहरी बजारको शौचालयको समस्या कसरी समाधान गर्नुभयो ?

यो विषयमा धेरै गुनासो पनिआयो । बजार क्षेत्रमाकिनमेलकालागिआउने,यात्रु तथा बाटो हिँड्ने बटुवाहरूका लागि सार्वजनिकशौचालयनिर्माण गरेका छौँ । उपयुक्तजग्गाको खोजी गरी इटहरीको मुख्य चौक आकेश कलेक्सन अगाडी सार्वजनिकशौचालयनिर्माण गरिएको छ । यस्तै विशालबजार भित्रपनि घरबेटीसँग समन्वय गरी त्यहाँपनिशौचालयको व्यवस्थापन गरिएको छ । 

शिक्षाको क्षेत्रमा वडाले केके काम गरेको छ ?

यस वडामा २ वटा सामुदायिक र ११ वटा निजी गरी जम्मा १३ वटा विद्यालयहरू छन् । विद्यालयमाशैक्षिक गुणस्तर सुधारमा कामभएको छ । कबीर मा.वि साँघुरो भएको, पुरानो टिनको छानो भएको भवन जीर्ण अवस्थामाथियो । विद्यार्थीहरूले राम्ररी बसेर पढ्ने नभएपछि हामीले त्यहाँ ३ वटा कोठा भएको एउटा ब्लक पक्कीभवनबनाईदिँदैछौँ । निर्माणको काम जारी छ ।

उपमहानगरले गुणस्तर सुधारका लागि छुट्टै योजना नै सार्वजनिक गरिसेकेको छ । हामीले पनिनगरको योजनाअनुसार नै कामगर्दै छौँ । 

स्वास्थ्यका क्षेत्रमा केके काम भए?

स्वास्थ्य क्षेत्रमाहामीले पहिलो पटक स्तनक्यान्सर परीक्षण शिविर आयोजनागयौँ । काठमाण्डौँबाट मेडिकल टिम बोलाएर महिलामाहुने स्तनक्यान्सरको जोखिमपहिचान गर्न मेसिनमार्फत क्यान्सर परीक्षण गरियो । यसमाकरिब ४ सय महिलाको स्तन परीक्षण गरियो । जसमा १६ जनामा समस्यापहिचानपनिभएको थियो । 

यस्तै वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्र मार्फत नियमित रूपमाजाँच र आवश्यकऔषधीवितरण गर्ने भइरहेको छ । नगर बासीले माग गरे अनुसार स्वास्थ्यशिविर पनि सञ्चालनगर्दै आएका छौँ । 

तपाई खेल प्रेमी हुनुहुन्छ, आफै पनि खेल खेलिरहनुहुन्छ, खेलकुद क्षेत्रको विकासकालागिचाहिँ के के गर्नुभयो ?

उत्कृष्ट खेलाडी तथा खेलसँग जोडिएका महानुभावहरू फुटबल, भलिबल, मार्सल आर्ट  लगायतका खेलसँग जोडिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेका छौँ । खेलकालागिचाहिने, कार्यक्रमकालागिचाहिने सामाग्रीहरू वितरण गर्ने गरेका छौँ । जतिपनिखेलप्रतियोगिताहरू सञ्चालन हुन्छन्, अवस्था हेरेर आवश्यकआर्थिक सहयोग पनि गरेका छौँ । ग्रास रुट कार्यक्रमजसले तल्लो तहबाट खेलाडी उत्पादन गर्छ, सो कार्यक्रमकालागि वडाले छुट्टै सहयोग गरेको छ ।