इटहरी । सुनसरीको इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा लायन्स क्लब्स इन्टरनेशनल अन्तर्गत District 325 C का Area 4 र Area 5 द्वारा संयुक्त रूपमा आयोजित ‘Meet, Greet and Bless the Candidates’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आगामी २०२६/२०२७ कार्यकालका लागि नेतृत्व चयनको तयारीस्वरूप आयोजित कार्यक्रममा लायन्सका विभिन्न तहका पदाधिकारी, सदस्य तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा District Governor पदका उम्मेदवार लिलाप्रसाद चिमरिया, First Vice District Governor पदका उम्मेदवार रमेश खत्री तथा Second Vice District Governor पदका उम्मेदवार उदयनारायण बरालले आ-आफ्ना योजनाहरू प्रस्तुत गरेका थिए। उनीहरूले आफ्नो नेतृत्व शैली, विगतका अनुभव र आगामी कार्यदिशाबारे स्पष्ट धारणा राख्दै लायन्स अभियानलाई अझ प्रभावकारी, पारदर्शी र सेवा–मुखी बनाउने प्रतिबद्धता व्यक्त गरे।20260411_172230 1

Area 5 का Chief एकता श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै Area 5 का प्रेमराज शाक्य र कमला कार्कीले लायन्स क्लबको सेवा अभियानलाई थप सशक्त बनाउन दूरदर्शी र सक्षम नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। उनीहरूले उम्मेदवारहरूको अनुभव, सक्रियता र प्रतिबद्धताले संगठनलाई अझ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी लायन सदस्यहरूले उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएका थिए। उनीहरूले उम्मेदवारहरूको योजनाबारे जिज्ञासा राख्नुका साथै सुझावहरू पनि प्रस्तुत गरेका थिए। यसले आगामी नेतृत्व चयन प्रक्रियालाई अझ पारदर्शी र सहभागितामूलक बनाउने विश्वास लिइएको छ।

यसैबीच, लायन्स क्लब्स इन्टरनेशनल District 325 C को आगामी District Convention (महाधिवेशन) बैशाख ५ गते झापाको दमकमा आयोजना हुने जानकारी पनि कार्यक्रममा दिइएको थियो। उक्त महाधिवेशनमा नयाँ नेतृत्व चयनसँगै विभिन्न नीतिगत निर्णयहरू समेत गरिने अपेक्षा गरिएको छ।20260411_172242 1

कार्यक्रमको अन्त्यमा सहभागी सम्पूर्ण लायन सदस्यहरूले उम्मेदवारहरूलाई सफलताको शुभकामना व्यक्त गर्दै लायन्सको मूल मन्त्र ‘We Serve’ लाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।20260411_172216 1