सुनसरी। फाल्गुण २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा नेकपा एमालेले घर फर्क अभियानलाई तिब्र पारेको छ । आज बिहान नेकपा एकिकृत समाजवादी इटहरी ४ नं वडा कमिटीका अध्यक्ष झलक वन सहित अधिकांश पदाधिकारी तथा सदस्यहरू, एकिकृत समाजवादी निकट युवा संगठनका संयोजक अनन्तराम घिमिरे सहित सिङ्गो कमिटी नेकपा एमालेमा समाहित भएकोछ ।
पार्टी प्रवेश कार्यक्रम एमाले नेता चन्द्रप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भयो । उक्त कार्यक्रममा एमाले नेताहरू चन्द्रप्रसाद भट्टराई, यम सुब्बा, जितेन थापा, रञ्जु सिग्देल, भक्त लामा लगायतले नव प्रवेशहरूलाई खादा लगाएर स्वागत गरेका छन ।
हाम्रो सम्पर्कमा एमालेका केन्द्रिय नेता चिरनजिवी भट्टराईले घर फर्क अभियानलाई निरन्तर जारी राख्ने बताए । कार्यक्रममा बोल्दै नवप्रवेशी झलक वनले देशको एकमात्र सच्चा कम्युनिस्ट पार्टी नेकपा एमाले हो र यसलाई चौतर्फी आक्रमण भइरहेकोले बिना शर्त एमाले प्रवेश गरेको बताए । आफ्नो मूल घर नेकपा एमाले पार्टीमै पुनः फर्किएको बताए। “अब सूर्यध्वजावाहक उम्मेदवारलाई जिताउन लागीपर्ने बताए ।




















