इटहरी । किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उदयपुरबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटारी नगरपालिका- ४ गवुवा बस्ने ३० वर्षीय अजय तामाङ रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।अजयले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।




















