विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ। मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजी प्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

IMG_0995विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केसेलिया खोलामा बोराभित्र फेला परेको शवको पहिचान खुलेको छ। मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजी प्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गुप्ता विगत ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ।

आइतबार बिहान स्थानीयवासीले केसेलिया खोलामा बोराभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।

खोलामा बोराभित्र शव फेला परेपछि प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान अघि बढाएको छ। घटनाको कारण र अन्य विवरणबारे भने थप अनुसन्धानबाट खुल्ने अपेक्षा गरिएको छ।