काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक आज पनि बस्दैछ । नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्नेबारे निर्णय लिन जसपाले कार्यकारिणी समितिको बैठक बोलाएको हो ।

सोमबारदेखि बसेको बैठक बुधबार निर्णयमा पुग्ने जसपाका नेता प्रदीप यादवले जानकारी दिए । कार्यकारिणी समितिमा चार जना आमन्त्रित सदस्य सहित १५ जना छन् । नेता यादवका अनुसार नेपाली कम्युनिस्ट पार्टीसँग एकता गर्ने वा मधेसवादी दलसँग मिल्ने विषयमा दुई थरी धारणा आएका छन् ।

आजको बैठकले पार्टीले औपचारिक निर्णय लिने जानकारी गराइएको छ । बैठक दिउँसो २ बजेदेखि बस्दैछ ।