इटहरी ।   इटहरी उपमहानगरपालिकामा व्यापक अनियमितता र भ्रष्टाचारको गन्ध आइरहेको पूर्व नगरप्रमुख  द्वारिकलाल चौधरीले आरोप लगाएका छन ।

निवर्तमान नगरप्रमुख चौधरीले इटहरीमा पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार र अनियमितताका कारण नगरवासीको भविष्यमा खेलवाड भईरहेको भन्दै  अहिलेका जनप्रतिनिधिहरुले समयमै बजेट याउन असफल भएको,उपमहानगरपालिकालाई कर्मचारी भर्ती केन्द्र बनाएको र सार्वजनिक सुनुवाइ समेत गर्न नसकेको आरोप लगाएका हुन ।

नेकपा एमालेको कोशी प्रदेश सदस्य समेत रहेका भएपनि लामो समय सम्म गुमनाम जस्तै भएका चौधरीले केही दिन यता देखि पुन सक्रियता वढाएका हुन । उपमहानगरपालिकामा एमालेको बहुमत भएपनि बजेट लगायतका विषयमा एमाले गम्भीर नबन्दा इटहरीवासीको भविष्यमा खेलवाड भई रहेको चौधरीको आरोप रहेको छ । आफु नेतृत्वको नगर सरकार रहेको समयमा तत्कालीन प्रदेश सरकारले समेटेको दीर्घकालीन बाढी नियन्त्रण योजना अन्तर्गत ४२ किलोमिटर बाहिरी चक्रपथको रेखाङ्कन भए पनि कार्यान्वयनमा नलगिएको , टेङ्ग्रा खोला डाइभर्सनको योजना अलपत्र पारेको र इलाका प्रहरी कार्यालय इटहरीको भवन निर्माणमा समेत ध्यान नदिएको पनि चौधरीको वर्तमान जनप्रतिनिधिहरुलाई आरोप रहेको थियो । सार्वजनिक सम्पती संरक्षण र जनहितमा उपयोग गर्न नसकेको व्यक्ति तथा संस्था  अनधिकृत रुपमा कब्जा गरेको  जग्गा फिर्ता लिन सकेको समेत पत्रकारहरुलाई जानकारी गराए ।  जिल्ला अदालत र उच्च अदालतको फैसला अनुसार डीभिएम स्कुलले चर्चेको २ बिघा जग्गा विद्यालयको नाममा दर्ता वा भोगचलन गर्न नपाउने निर्णय गरी सक्दा पनि  पनि अझै पनि सो जग्गामा विद्यालय सञ्चालन भइरहेको भन्दै चौधरीले आक्रोश पोखे ।

पत्रकार सम्मेलनमा आफनो कार्यकालमा सुरु गरिएका जनता पार्क, बहुजातीय संग्रहालय, वडा नंम्बर १५ को मोटरेवल पुल जस्ता नगरका गौरवका आयोजना अलपत्र पारिए देख्दा दुख लागेको समेत वताए । उपमहानगरपालिकाको वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट चौधरीले इटहरीको दीर्घकालीन विकासका लागि सबै मिलेर अघि वढ्न्ु पर्नेमा जोड समेत दिएका थिए ।