जापान । गैरआवासीय नेपाली संघ (NRNA) को आगामी कार्यकाल 2025–2027 का लागि अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) सदस्य पदमा जापानबाट राजकुमार अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ। जापानस्थित राष्ट्रिय समन्वय परिषद् (NCC-Japan) मा सक्रिय रहँदै आउनुभएका अधिकारीले “नेपालीका लागि नेपाली” भन्ने मूल नारासहित उम्मेदवारी घोषणा गर्नुभएको थियो।

अधिकारीले आफ्नो अभियानमा एकता, सशक्तीकरण, सहयोग र विकासलाई प्रमुख प्रतिबद्धताका रूपमा प्रस्तुत गर्दै NRNA लाई पारदर्शी, सक्षम र उत्तरदायी संस्था बनाउने लक्ष्य लिएका छन्। उहाँको प्रचारशैली, स्पष्ट दृष्टिकोण, र नेपाली समुदायप्रतिको निष्ठाले प्रवासी नेपालीहरूमा सकारात्मक प्रभाव पारेको छ।राजकुमार अधिकारीसँगै जापानबाट ICC सदस्य पदमा निर्विरोध निर्वाचित हुने अन्य आठजना उम्मेदवारहरूमा राम बहादुर थापा, शिवहरी पौडेल, टिकाराम कंडेल, कृष्ण केसी, राम बहादुर खत्री (अर्जुन), यदुराम सापकोटा, र सुमन कार्की रहेका छन्।

यसका साथै, लेखा संयोजक पदमा सचिन श्रेष्ठ निर्विरोध चयन हुनुभएको छ।उम्मेदवारहरूलाई बधाई दिंदै जापानमा रहेका प्रवासी नेपाली समुदायले यस निर्वाचनलाई एकताको सन्देश दिने अवसरका रूपमा लिएको छ। आगामी दिनहरूमा चयनित प्रतिनिधिहरूले NRNA लाई थप सशक्त बनाउँदै प्रवासी नेपालीको हितमा काम गर्ने विश्वास व्यक्त गरिएको छ।