इटहरी । अपांगता भएका पुरुषहरूबीच दोस्रो अन्तर प्रदेश स्तरीय वास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
स्पाइनल इन्जुरी संघ कोशी प्रदेशको आयोजनामा इटहरी स्थित विश्व आदर्श स्कुलमा भएको दोश्रो अन्तर प्रदेशस्तरिय पुरष ह्विलचेयर वास्केटबल प्रतियोगीताको उपाधी कर्णालीले हासिल गरेको छ ।
दुई दिन सम्म भएको प्रतियोगीतामा ७ वटै प्रदेशका ह्विलचेयर खेलाडीहरुको सहभागिता रहेको खेल शनिवार सम्पन्न गरेको हो ।
प्रतियोगितामा कर्णाली प्रदेशले प्ले बक्समा ३६ पटकका बलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो भने गण्डकी प्रदेश ३४ बलले दोस्रो स्थानका लागी सफल भएको छ ।
त्यस्तै कोशी प्रदेश लाई पछीपार्दै बागमती प्रदेश तेस्रो स्थान हासिल गरेको छ ।
प््रथम विजेता कर्णाली प्रदेशलाई नगद ५० हजार नगद ट्रफी ,मेडल र प्रमाण पत्र बितरण गरियो भने उपबिजेता बनेको गण्डकी प्रदेशलाई ४० हजार नगद, ट्रफि , मेडल र प्रमाण पत्र प्राप्त गर्याे र तेश्रो स्थानमा पर्न सफल बागमती प्रदेशले ३० हजार नगद , ट्रफि ,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने
गण्डकी प्रदेशका सर्वाधिक बल गर्ने खुम बहादुर पाण्डे र कर्णाली प्रदेशका उत्कष्ट खेलाडी रमेश खत्रीलाई नगद, ट्रफि ,मेडलले कार्यक्रमका प्रमुख अतिथी सामाजिक बिकाश मन्त्रालय अन्तरगत प्रदेश खेलकुद बिकाश बोर्डका सचिव कृष्ण बस्नेत लगायत बिशिस्ट अतिथीहरूले पुरस्कार बितरण गरेका थिए ।
कार्यक्रम स्पाइनल इञ्जुरी संघ कोशीका अध्यक्ष बिक्रम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अपांगता संघ पूर्व अध्यक्ष पार्वता श्रेष्ठ ,विश्व आदर्श स्कुलका सहायक प्रधानाध्यापक मोहन निरौला , नेवा मिसा पुचका वरिष्ठ उपाध्यक्ष कौशल्या श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
संघका संस्थापक तथा आयोजक समितिका अध्यक्ष विक्रम घिमिरेले अपांगता भएका व्यक्तिहरूलाई खेलको माध्यमबाट सशक्त, सक्षम र आत्मबल सम्पन्न बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।
अपांगता भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक दृष्टिकोण निर्माण गर्न र उनीहरूको हौसला अभिवृद्धि गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेलेको र आगामी दिनमा पौडी खेल प्रतियोगिता , ह्विलचेयर डौड प्रतियोगिता लगायतका खेलहरु लाई निरन्तरता दिदै जाने अध्यक्ष घिमिरेले जानकारी दिए ।