इटहरी । अपांगता भएका पुरुषहरूबीच दोस्रो अन्तर प्रदेश स्तरीय वास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

सुनसरीको इटहरी स्थित विश्व आदर्श स्कुलको प्रागंणमा यहीे बैशाख २६ र २७ गते दोस्रो अन्तर प्रदेश स्तरीय  हुवीलचियर वास्केटबल प्रतियोगिता हुने भएको हो ।

स्पाइनल इन्जुरी संघ, कोशी प्रदेशको आयोजना तथा सामाजिक विकास मन्त्रलय खेलकुद विकास वोर्डको सहयोगमा हुने प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएका छन ।

शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा संघका संस्थापक तथा आयोजक समितिका अध्यक्ष विक्रम घिमिरेले अपांगता भएका व्यक्तिहरूलाई खेलको माध्यमबाट सशक्त, सक्षम र आत्मबल सम्पन्न बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।WhatsApp Image 2025-05-03 at 18.33.36

प्रतियोगितामा सातै प्रदेशका टोलीहरू सहभागी हुने र   अपांगता भएका व्यक्तिहरूप्रति समाजमा सकारात्मक दृष्टिकोण निर्माण गर्न र उनीहरूको हौसला अभिवृद्धि गर्न महत्वपूर्ण पहल हुने , खेलाडीहरूलाई क्षमता प्रदर्शनको  विश्वास लिइएको स्पाइनल इन्जुरी संघ, कोशी प्रदेश अध्यक्ष घिमिरेले बताए ।Dkt

कोशी प्रदेश सामाजिक विकाश मन्त्रालय र प्रदेश खेलकुद विकाश बोर्डको  सहयोगमा आयोजना हुने प्रतियोगितामा प्रथम हुने समुहले नगद रू ५० हजार ,ट्रफी , मेडल ,,प्रमाणपत्र प्राप्त गृनेछन भने दोश्रोले नगद रू ४० हजार , मेडल ,प्रमाणपत्र र तेश्रो हुनेले नगद रू ३० हजार ,ट्रफी , मेडल ,प्रमाणपत्र प्राप्त गर्नेछन । 

त्यस्तै खेलमा उत्कृष्ट खेलाडीलाई सम्मान तथा प्रोत्साहन पुरस्कारको पनि व्यवथा रहेको आयोजकले जनाएको छ ।