काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिने भएको छ । आफ्नो पार्टी सरकारबाट बाहिरिने तयारी गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।वर्तमान सरकारमा नागरिक उन्मुक्तिका अरुण चौधरी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री रहेका छन् । पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेलगत्तै (नाउपा) सरकारबाट बाहिरिन लागेको हो ।