काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन् ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाबारे जानकारी नभएको बताए ।
उनले भने, ‘शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने सरकारलाइ जानकारी छैन । प्रधानमन्त्रीको कार्यालयमा राजीनामा दिएको भए सरकारको प्रवक्तालाई थाहा हुन्छ । क्याविनेटमा जानकारी हुन्छ । राजीनामा स्वीकृत गर्ने त प्रधानमन्त्रीले नै हो । आजको दिनसम्म जानकारी छैन । तर, उहा विगत एक महिनादेखि बिरामी हुनुहुन्छ । त्यसैले मन्त्रालयमा गएर काम गर्ने परिस्थिति नभएको होला भन्ने लाग्छ मलाई सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलेभने।