चितवन । नेपाल शैक्षिक परामर्श संघ चितवनद्वारा आयोजित अन्तर इक्यानियन राष्ट्रिय फुटसल प्रतियोगिताको उपाधि इक्यान कास्कीले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा कास्कीले प्रथम स्थान हासिल गर्दै  इक्यान पूर्वाञ्चल दोस्रो स्थान लिन सफल भएको हो ।

विजेता बनेको इक्यान कास्कीले ६६ हजार रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त ग¥यो भने उपविजेता इक्यान पूर्वाञ्चलले नगद ३६ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो ।

पुरस्कार वितरण समारोहमा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराई र इक्यान चितवनका अध्यक्ष दिपकचन्द्र भट्टराईले विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गरेका थिए । 491811550_986293057015385_5549606833285563100_n

चितवन सम्म पुगेर प्रतियोगिताको उपबिजेता बन्नु नै टिमले ठुलो उपलब्धी मानेको इ क्यान पूर्वाञ्चलका अध्यक्ष रविन्द्र निरौलाले जानकारी गराए । 

यो खेलमा पहिलो पटक सहभागी भएर दोश्रो स्थान ल्याउन सफल सबै खेलाडीहरूलाइ बधाइ तथा शुभकामना पनि  प्रदान गर्दै आगामी दिनमा यस्तै विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने पनी  अध्यक्ष निरौलाले बताए ।491937399_986191200358904_92810093910605110_n

 प्रतियोगितामा काठमाण्डु,मकवानपुर,रुपनदेही,कास्की लगायतका सात वटा टिम इक्यानका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा इक्यान चितवनका उपाध्यक्ष प्रज्वल पौडेलले जानकारी गराए । eee68427-8d04-488f-9f9e-d1b2fb72f425