इटहरी । दोस्रो कोशी प्रिमियर लिगंमा सहभागी  खेलाडीहरु लाई विश्व आर्दश एकेडेमीले   एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ ।  

  भोक्राहानरसिहं गाउँपालिकाको वडा नम्बर ४मा रहेको डा.खलिल आजाद खेल मैदानमा यही फागुन ५ गतेबाट सञ्चालन  भएको कोशी प्रिमियर लिगंको दोस्रो संस्करणमा विभिन्न टिमबाट सहभागी विश्व आर्दश एकेडेमीका केही पुर्व विद्यार्थी समेत रहेका राष्ट्रिय स्तरका खेलाडीहरुलाई सम्मान तथा विदाई गरिएको हो । 

    विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे ,प्राचार्य गणेशकुमार दुलाल लगायतले सो क्रिके्रट प्रतियोगितामा सहभागी भएका १५ जना खेलाडीहरुलाई सम्मान गरेका छन । WhatsApp Image 2025-02-27 at 17.27.54

कोही कार्यक्रममा खेलाडीहरुले साइन जर्सी अध्यक्ष लेखनाथ घिमीरे र प्राचार्य गणेशकुमार दुलाललाई हस्तानतरण गरेका थिए । 

एकेडेमीका प्राचार्य दुलालले एकेडेमीले शैक्षिक साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुका लागि समेत प्रशिक्षक राखेर प्रशिक्षण दिदै आए अनुसार विद्यार्थीको सहभागिता पनि विभिन्न क्षेत्रमा हुदै आएको र सफलता समेत पाउदै आएको जानकारी दिए । 

 विश्व आर्दश एकेडेमीले शिक्षाका साथै अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापनका साथै विद्यार्थीलाई सिप सिकाउने कार्य समेत गर्दै आएको छ ।