इटहरी । प्याब्सन राष्ट्रपति रनिङ भलिवल प्रतियोगिता शुक्रवार देखि इटहरी २० तरहरामा सुरु भएको छ ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन कोशी प्रदेशको आयोजनामा दुइ दिने 

इटहरी उपमहानगर पालिका २० तरहरा स्थीत हिमशिखर एकेडमीको प्रांगनमा भएको राष्ट्रपति रनिङ भलिवल प्रतियोगिता सुर भएको हो ।

प्रतियोगिताको कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे । 

भलिवल प्रतियोगितामा सुनसरी,मोरङ,झापा,धनकुटा,उदयपुरका प्याब्सन आबद्ध निजी विद्यालयका कक्षा १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको छ ।  vlcsnap-2025-02-21-19h04m54s313

खेलकुदलाई विद्यालयका तहबाटै प्राथमिकता दिएर विद्यार्थीहरुको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सन्जालको दुरुपयोगमा पनि कमी आउने र मानिसलाई अनुशासनमा राख्नका साथै , भविष्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन हुने भएकाले खेलकुदलाई प्राथमिकता दिदै आएको प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापाले बताए । vlcsnap-2025-02-21-19h04m57s737

प्रतियोगितामा पुरुषको ८ वटा टिम र महिलाको ७ वटा टिमले प्रतिस्पदा गर्ने भने प्रतियोगिहरु पुरुष, महिला टिमलाई प्रथम हुने लाई नगद २५ हजार,दोस्रो लाई १५ हजार र तेस्रो हुने लाई ११ हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्रदान गर्ने र अन्य विभिन्न विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ । WhatsApp Image 2025-02-21 at 18.53.21

उद्घाटन कार्यक्रममा प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकाल, प्याब्सन केन्द्रिय पुर्व अध्यक्ष टिकाराम ढकाल, केन्द्रिय सचिव सदस्य हेमन्त कार्की,हेमराज अधिकारी, प्याब्सन सुनसरीका पुर्व अध्यक्ष विष्णु कोइराला लगायतको सहभागिता रहेको थियो ।