निर्देशक जीवन दाहालको पहिलो निर्देशन रहेको चलचित्र तिनतारा को छायांकन सम्पन्न भएको छ। माउन्टेन र्याट्स मोशन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रले १५ वर्षपछि भेटिएका साथीहरूको जीवन, सम्बन्ध, र परिवर्तनलाई कथावस्तु बनाएको निर्देशक बताउछ्न ।
२०८१ साल पुष २७ गते शुभ मुहूर्त गरिएको तिनतारा को छायांकन २१ दिनमा पूरा भई माघ १८ गते सम्पन्न भएको यस चलचित्रलाई निर्देशक दाहालले आफ्नो महत्वपुर्ण परियोजना भनेका छन्।। चलचित्रको छायांकन विराटनगर, सुनसरीको बुग्डहरी, मोरङको सुन्दर हरैचा, तथा सप्तकोशी क्षेत्रका विभिन्न स्थानहरूमा गरिएको छ।
चलचित्रमा अनुभवी र नयाँ पुस्ताका कलाकारहरूको संयोग देख्न पाइनेछ। मुख्य कलाकारहरूमा घनश्याम जोशी, उत्तम पाण्डे, दिपेन्द्र शाही, सबिन भट्टराई, नविन चन्द्र आर्याल, अशोक गौतम, मोहन राई, सन्जिप योगी, बेदना राई, रुपेश लामा, सुनिल तामाङ, सन्तोष सरकार, सुस्मा निरौला, गोपाल कृती, रस्मी विश्वकर्मा, अम्शु कार्की, प्रलाद खत्री, संस्कृती कार्की, श्रवण राणा मगर, ललिता विश्वकर्मा, रोजिका नेपाल, भरत कार्की, डेभिड बिस्ट, विकास श्रेष्ठ, प्रदीप दाहाल, देवेंद्र यादव, अमृत काउचा, जयराम ढकाल, रस्मी थापा, समुन तिमलसिना र जिवन दाहाल लगायतको अभिनय रहेको छ ।
कार्यकारी निर्माताको रूपमा उत्तम पाण्डे, नविन चन्द्र आर्याल, अशोक गौतम , दिपेन्द्र शाही, सबिन भट्टराइ रहेका छन्। जीवन दाहालद्वारा लिखित कथा रहेको यस चलचित्रको छायांकन पवन सिग्देलले गरेका हुन्। स्थलगत ध्वनि रोहित उपाध्याय र अर्विन्द मौरियाले सम्हालेका छन् भने ग्याफरमा डेबिड बस्नेत, डीओपीमा अतुल आनन्द, डीआईटीमा शिशिर गिरी ब छ्न भने दृश्य पछाडिको फोटोग्राफीमा हिमेश तिम्सिना रहेका छ्न ।
चलचित्रको मुख्य सहायक निर्देशक सबिन भट्टराई, कला निर्देशक रुपेश लामा, सम्पादन जीवन दाहाल, मेकअप तथा हेयर स्टाइलिङ रस्मी बिक, पब्लिसिटीमा फोटो क्लिकर्स, र पोस्ट-प्रोडक्सनको सम्पूर्ण जिम्मा आर पी प्रोडक्सनलाई दिइएको छ भने लाइन निर्मातामा रोशन निरौला र देवेन्द्र यादब रहेका छ्न ।
निर्देशक जीवन दाहालका अनुसार ‘तिनतारा’ ले साथीहरूबीचको सम्बन्ध, जीवनका उतारचढाव, र समयले ल्याएका परिवर्तनहरूलाई उजागर गर्नेछ। १५ वर्षपछि भेट भएका साथीहरूबीचको भावनात्मक यात्रा, संघर्ष, र तिनले भोगेका अनुभवहरू चलचित्रको मुख्य कथा बन्नेछ। हाल पोस्ट-प्रोडक्सन चरणमा रहेको चलचित्रले दर्शकलाई एक गहिरो मित्रताको कथा र जीवनको वास्तविक अनुभव दिने विश्वास निर्माण टिमले व्यक्त गर्दै छिट्टै नै चलचित्रको प्रदर्शन मिति घोषणा गर्ने बताएको छ।
तपाईं यो चलचित्रको प्रतीक्षा गरिरहनुभएको छ? ‘तिनतारा’ ले तपाईंको साथीहरू सम्झाउनेछ!