इटहरी । पहिलो संस्करणको डिभियम कपको उपाधि आयोजक डिभिएम स्कुलले जित्न सफल भएको छ ।
आइतबार दयानन्द वैदिक मिसन ग्लोवल एकेडेमीको खेलमैदाममा भएको फाइनल खेलमा ब्राइट फ्युचर सेकेण्डरी स्कुललाइ ७३ रनले पराजित गर्दे आयोजक डिभियमले उपाधि चुमेको हो । फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको डिभियमले निर्धारित १० ओभरमा मात्र १ विकेटको क्षतिमा ११३ जोड्न सफल भएको थियो । डिभियमका लागि कृष्ण विष्टले ३६ बलमा सर्वाधिक ७६ रन जोडे ।
११४ रनको जबाफि लक्ष्य पछ्याएको ब्राइट फ्युचर सेकेण्डरी स्कुलले ९ ओभरमा सम्पूर्ण विकेट गुमाउदै मात्रै ४० रन बनाउन सक्यो । बलिङतर्फ डिभिएमका निश्चल अर्यालले सर्वाधिक ४ विकेट लिए ।
उपाधिसंगै आयोजक डिभिएमले नगद २५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरका छन् । भने उपबिजेता ब्राइट फ्युचर सेकेण्डरी स्कुलले नगद १५ हजार , ट्रफि ,मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
फाइनल खेलको प्लेयर अफ द म्याच कृष्ण विष्ट भएका छन् । प्रतियोगितामा बलिङ र ब्याटिङ दुबैतर्फ उत्कृष्ट प्रर्दशन गर्दे डिभिएमका आर्यन चौधरी प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् ।
त्यस्तै सम्पन्न प्रतियोगीतामा कुल २२५ रन बनाउदै डिभिएमका कृष्ण विष्ट बेष्ट ब्याटस्मेन , सर्वाधिक १४ विकेट लिदै निस्चल अर्याल बेस्ट बलर , ७ क्याचका साथ रिसभ खनाल बेस्ट फिल्डर , डिभिएमका दिवस विष्ट इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट घोषित हुदै पुरस्कृत भएका छन् ।
प्रतियोगिताको अनुसासित टिमको उपाधि भने ब्लुम नेपाल स्कुल हुन सफल भएका छन् ।
माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल २८ वटा बिद्यालयको सहभागिता रहेको थियो । बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष ध्रुव कुमार सुब्बाको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्याबसन सुनसरीका अध्यक्ष “थानेश्वर ढकालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विद्यालयका लेखा सुपरिवेक्षण समितका संयोजक टीकादत्त वनको संयोजनमा भएको कार्यक्रममा नेपाल डिभिएमका प्रिन्सिपल डाक्टर बेनुप्रसाद सिटौला,सह प्राचार्य नारायण सुवेदी,प्रशिक्षक क्षितिज दाहाल लगायतले पुरस्कार वितरण गरेका थिए ।




















