धरान / ११ औँ संस्करणको युनाईटेड गोर्खा एकेडेमी कप २०८१ को उपाधि छात्र तर्फ जनता मावि इटहरि ले उपाधि जितेको छ । शनिवार धरान १५ स्थित युनाईटेड गोर्खा एकेडेमी परिसरमा भएको जिल्ला स्तरीय अन्तर स्कुल छात्रा÷छात्र भलिबल प्रतियोगिताको फाइनल खेलमा छात्र तर्फ बाल विकास पकलीलाई ३(१ को सेटमा पराजित गर्दै जनता मावि इटहरिले उपाधि हात पारेको भने छात्रा तर्फ पूर्वाञ्चल स्कुल तरहरालाई ३(२ को सेटमा पराजित गदै धरान आदर्शले उपाधि हात पारेको हो । छात्र तर्फ पहिलो सेट २५(१६ दोस्रो सेट २५(२१ तेस्रो सेट २१(२५ चौथो सेट २५(१७ले अन्तरले जित निकाल्दै जनता मावि इटहरिले युनाईटेड गोर्खा कप २०८१ को उपाधि हात पारेको छ । छात्रारछात्र तर्फ उपाधि सँगै जनता मावि इटहरि र धरान आदर्शले नगद २५र२५ हजार सहित ट्रफी, मेडल सहित प्रमाण पत्र प्राप्त गरे । खेलको म्यान अफ द म्याच छात्र तर्फ जनता स्कुलका कमल श्रेष्ठ छात्रा तर्फ धरान आर्दशकी प्रतीक्षा जोशी घोषित भए । उनीहरूले नगद १२ सय सहित मेडल प्राप्त गरे । प्रतियोगितामा २२ विद्यालयबाट ३७ टिम सहभागी रहेका थिए । प्रतियोगितामा २० वटा छात्र टिम र १७ वटा छात्रा टिम रहेको थियो । जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दङ्गालले विजयी खेलाडीहरू लगायत सम्पूर्ण सहभागीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रोत्साहित गर्दै उज्जवल भविष्यको कामना गरेका हुन्। साथै, उनले सफल आयोजनाका लागि विशेष धन्यवाद तथा आभार व्यक्त गर्दै आयोजक टिमको मेहनतको प्रशंसा गरेका छन्। प्रतियोगिताले खेलाडीहरूबीच खेलकुद भावना अभिवृद्धि गर्नुका साथै शारीरिक तथा मानसिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।